आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठकलाबजारमा अन्वेषीका पाइला

बजारमा अन्वेषीका पाइला


काठमाण्डौं, १६ कात्तिक ।
नेपाली साहित्यको उपविधा गजल क्षेत्रमा कलम चलाइरहेका स्रष्टाहरुको सयूंक्त गजल संग्रह अन्वेषीका पाइला विमोचन गरिएको छ । स्मृति साहित्य संगमद्धारा आयोजित संग्रह लोकार्पण समारोह तथा विशेष रचना वाचन कार्यक्रममा बरिष्ठ साहित्यकारहरुद्धारा संग्रह विमोचन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा संयूक्त संग्रहलाई पाँच विशिष्ठ साहित्यकारले सयूक्त पूस्तकको विमोचन गरेका हुन् । आयोजक संस्था स्मृति साहित्य संगमका अनुसार संगमका अध्यक्ष उत्तममणि भट्टराई, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे, कथाकार माया ठकुरी, समालोचक डा. रामप्रसाद ज्ञवाली, महाकाब्यकार चन्द्रप्रसाद न्यौपानेले संग्रहको विमोचन गरेका हुन् ।
कार्यक्रममा आभाष शर्मा, शिव त्रिपाठी, वसन्त वली वसन्तीलगायतले सिर्जना वाचन गरेका थिए ।


क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!