Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनयुवा गायक अमृतको शुभ दशैं सार्वजनिक (भिडियो)

युवा गायक अमृतको शुभ दशैं सार्वजनिक (भिडियो)


चौतारा, ८ असोज–इन्द्रावती गाउँपालिकास्थित कुञ्चोकका युवा गायक अमत भारतीको शुभ दशैं गीतको भिडियो सार्वजनिक भएको छ । भारतीकै शब्दमा रहेको सो गीतको स्वरमा स्मृति गौतम, आशा केसी, सुवास, राजकुमार र दिपक लामिछानेले साथ दिएका छन् ।
गजलकारसमेत रहेका भारतीले यसअघि निकै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् । जन्मभूमिलाई समर्पण गरिएको मेरो प्यारो सिन्धुपाल्चोक बोलको गीति बृत्तचित्र सार्वजनिक गरेर चर्चित बनेका गायक अमृतको यो शुभ दशैं बोलको गीतको भिडियो निर्देशन र कोरीयोग्राफी लेग्यस भट्टराईले गरेका छन् । गीतको भिडियोमा पनि गायक भारती ,गायिका स्मृति गौतम र आशा केसी लगायतको अभिनय रहेको छ ।
दोहोरी, आधुनिकसहित नेपाली चाडपर्व लक्षित गीतसमेत बजारमा ल्याउने गरेका भारतीले पछिल्लो पटक तीज गीतसमेत बजारमा ल्याएका थिए । उनको शुभ दशैं गीत भारती पिक्चर्सले सार्वजनिक गरेको हो ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस