बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठकलाचौताराको कृष्ण मन्दिर पुनर्निर्माण सुरु, सापकोटाले गरे शिलान्यास

चौताराको कृष्ण मन्दिर पुनर्निर्माण सुरु, सापकोटाले गरे शिलान्यास



ठेक्कामार्फत मन्दिर पुनर्निर्माण थालिएको हो । पुरातत्व विभागको २ करोड रुपैयाँ लगानी बन्न लागेको मन्दिर पुनर्निर्माणको जिम्मेवारी आरजिएस पञ्चस्तम्भ  जेभी भक्तपुरले पाएको छ । मन्दिर पुरानै शैलीर स्वरुपमा बन्ने छ ।


चौतारा– जिल्ला सदरमुकाम चौतारास्थित पूरानो बजारमा पुरातात्विक महत्व बोकेको कृष्ण मन्दिरकोे पुनर्निर्माण सुरु भएको छ ।

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार एक समारोहबीच शिलान्यास गर्दै उक्त मन्दिर पुनर्निर्माणको सुभारम्भ गरेका हुन् ।

शताब्दी पूरानो उक्त मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको थियो । भूकम्पको झण्डै आठ वर्षपछि मन्दिर पुनर्निर्माण थालिएको हो ।

ठेक्कामार्फत मन्दिर पुनर्निर्माण थालिएको हो । पुरातत्व विभागको २ करोड रुपैयाँ लगानी बन्न लागेको मन्दिर पुनर्निर्माणको जिम्मेवारी आरजिएस पञ्चस्तम्भ  जेभी भक्तपुरले पाएको छ । मन्दिर पुरानै शैलीर स्वरुपमा बन्ने छ ।

२०८० असार १५ गते भित्र मन्दिर पुनर्निर्माण सक्नुपर्ने सम्झौता छ । भूकम्पयता अस्थायी जस्ताको टहरोको मन्दिर बनाएर कृष्णको प्रतिमा प्रतिस्थापना गरी पूजाआजा गरिँदै आएको छ ।

बिक्रम सम्बत १९६४ सालअघि सो स्थानमा सिस्नु घारी रहेको र त्यहाँबाट रात्रिकालीन समयमा बाँसुरीको मीठो ध्वनी प्रष्फुटन भएको सुनिने गरेको हुँदा सो स्थानमा कृष्ण मन्दिर निर्माण गरी पूजाआजासँगै हरेक कृष्णाष्टमीको अवसरमा दुई दिन मेला चलाउने परम्पराको सुरुवात विश्वास गरिँदै आएको छ ।

संस्कृति जगेर्नामा सापकोटाको जोड

मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै निवर्तमान सभामुख सापकोटाले कला, संस्कृति र सम्पदाको संरक्षणमा जो दिएका छन् । ऐतिहासिक सम्पदाको पुनर्निर्माण र संरक्षणले भावनात्मक उचाइ प्राप्त हुने उनको भनाइ छ । मन्दिर पुनर्निर्माण समयमै सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई आग्रहसमेत गरे ।

चौतारा सागाँचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पर्यटन प्रवर्धनका लागि ऐतिहासिक सम्पदाको जगेर्नामा नगरपालिकाले पहल लिने बताए ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्विक महत्व भएका सम्पदाहरूलाई पुनःजीवन दिनुपर्नेमा जोड दिए ।

१ सय १५ वर्ष पूरानो उक्त मन्दिर पुनर्निर्माणमा सुरुदेखि नै सापकोटाले पहल थालेका थिए । उनकै नेतृत्वदायी प्रयासमा मन्दिर पुनर्निर्माणमा बजेट सुनिश्चित भएर काम सुरु भएको पुनर्निर्माणका स्थानीय अभियन्ता तथा सञ्चारकर्मी सुरेश कसजूले जानकारी दिए ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!