उल्लासपूर्वक मनाए सिन्धुका तामाङ समुदायले सोनाम ल्होछार

तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व भव्यताका साथ मनाए ।
चौतारा–सिन्धुपाल्चोकका तामाङ समुदायले आइतबार उल्लासपूर्वक सोनाम ल्होछार २८५९ मनाएका छन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व यो वर्ष पनि विविध कार्यक्रम गरी मनाएका हुन् ।
तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व भव्यताका साथ मनाए ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइदै आएको छ । सिन्धुपाल्चोक तामाङ बाहुल्य जिल्ला हो ।
जिल्लाको विभिन्न स्थानमा औपचारिक, अनौपचारिक कार्यक्रम गरी सोनाम ल्होछार मनाइयो । लिसंखु पाखर गाउँपालिकाको वाफल, पाँचपोखरी थाङपाल गाउँपालिकाको लेखर्क, बाह्रविसे नगरपालिका, चौतारा नगरपालिका लगायत स्थानीय तहका विभिन्न गाउँमा विशेष कार्यक्रम गरेर तामाङ समुदाय नयाँ वर्षको सोनाम ल्होछारमा झुमिए ।
छरछिमेकका दाजुभाइ, नातागोता र आफन्त भेला भएर परम्परागत पोशाकमा सजिएर, विभिन्न झाँकी र नाचगान गरी उनीहरुले उल्लासपूर्वक ल्होछार मनाए ।
क्याटेगोरी : कला
तपाईको प्रतिक्रिया दिनुहोस