मंगलबार, माघ १७, २०७९
गृहपृष्ठकलाघले समुदायले मेलम्चीमा उल्लासपूवर्क मनाए ल्होसार (फोटो फिचर)

घले समुदायले मेलम्चीमा उल्लासपूवर्क मनाए ल्होसार (फोटो फिचर)


मेलम्ची–जिल्लाभरका घले समुदायले आइतबार मेलम्चीमा उल्लासपूर्वक आफ्नो जातिको ल्होसार पर्व मनाएका छन् ।

ता ल्हो (बाघ वर्ष) को बिदाइ र योई ल्हो (बिरालो वर्ष) लाई स्वागत गर्दै उनीहरुले लिःल (घले) ल्होसार मनाएका हुन् । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले लिःल ल्होसारको उद्घाटन गरेकी थिइन् ।


घले ल्होसारमा सहभागिता जनाएरर अन्य जाति र धर्ममा आस्था राख्ने स्थानीयले धार्मिक सहिष्णुता प्रदर्शन गरेका थिए । केही वर्षयता जिल्लाभरका घले समुदाय संगठित भएर आफ्नो जाति र संस्कृतिको संरक्षणमा जुटेका छन् ।


लिःल फङ्ग (घले समाज) का केन्द्रीय उपाध्यक्ष दीपेन घले र महासचिव जितबहादुर घलेले घले जाति र संस्कृतिको चर्चा गर्दै यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

पराम्परागत पोशाकमा उपस्थित भएका घले समुदायले ल्होसार कार्यक्रममा आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुती दिएर घले ल्होसारमा रौनक थपेका थिए ।

यसअघि परम्परागत पोशाक र संस्कृति झल्कने पहिरन लगाएका घले समुदायले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मेलम्ची बजार परिक्रमा गरेका थिए । घले ल्होसारमा सहभागिता जनाएरर अन्य जाति र धर्ममा आस्था राख्ने स्थानीयले धार्मिक सहिष्णुता प्रदर्शन गरेका थिए ।

केही वर्षयता जिल्लाभरका घले समुदाय संगठित भएर आफ्नो जाति र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

तस्बिरहरु-सुशील सुवेदी

 


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!