बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठकलागुरु रिन्पोछेको मूर्ति समुद्घाटन (फोटोफिचर)

गुरु रिन्पोछेको मूर्ति समुद्घाटन (फोटोफिचर)


लिस्ति l भोटेकोसी गाउँपालिका–१ लिस्तिस्थिति पावो गुम्बामा नवनिर्मित ओर्गेन गुरु रिन्पोछेको मुर्ति शुक्रबार समुद्घाटन भएको छ ।

विश्व शान्ति तथा प्राणी जगतको हितको लागि निर्मित बुद्ध मूर्तिको गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा र बुद्ध गुरु गोङजाङ रिन्पोछेले संयुक्त रुपमा उद्घाटन गरे ।

भोटेकोसी गाउँपालिका, बागमती प्रदेश सरकार र स्थानीय त्रीपक्षीय लगानीमा गुरु रिन्पोछे मूर्ति हालै निर्माण सम्पन्न भएको हो । मूर्ति निर्माणमा झण्डै ६५ लाख रुपैयाँ लगानी भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

भोटेकोसी गाउँपालिकाले दुई वर्षमा २७ लाख तथा बागमती प्रदेश बन तथा पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयाँ मुर्ति निर्माणमा बिनियोजन भएको थियो । चन्दाबाट २३ लाख रुपैयाँ संकलन भएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ ।

समितिका अनुसार गुरु रिन्पोछेको मूर्ति निर्माणमा फ्रान्सबाट १ लाख ५९ हजार ६ सय, अमेरिकाबाट १ लाख ३१ हजार १ सय ९३ र कोरियाबाट १ लाख ३० हजार ९ सय २१ सहयोग जुटेको थियो । बिदेशबाट सहयोग पठाउने सबै पाओ गुम्बा, दुगुना, छ्याङसिङ, तातोपानी दशकिलो, कोदारी, काङलाङ, लिस्ति र घिप्चेका स्थानीय हुन् । बाँकी रकम स्थानीयस्तरमा संकलन भएको हो ।

फराकिलो स्थानमा फैलिएर बनेको रिन्पोछेको मूर्तिले गाउँको शोभा बढाएको छ । यसले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने स्थानीय विश्वास छ । उद्घाटन कार्यक्रममा मूर्ति निर्माणमा आर्थिक सहयोग पु¥याउने दातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा, बुद्ध गुरु गोङजाङ रिन्पोछे, कांग्रेस जिल्ला उपसभापति दोर्जे लामा हाउडे, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ लगायतले बुद्ध धर्म, विश्वशान्ति र धार्मिक पर्यटनबारे चर्चा गरेका थिए ।

तस्बिरहरु : भुपेन्द्र भण्डारी/सिन्धुखबर


क्याटेगोरी : कला, फोटो फिचर


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!