शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठकलापाँचपोखरीमा जनै पूर्णिमाका अवसरमा यो वर्ष मेला लाग्ने

पाँचपोखरीमा जनै पूर्णिमाका अवसरमा यो वर्ष मेला लाग्ने


पाँचपोखरी l जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष मेला लाग्ने भएको छ ।  पाँचपोखरी थाङपाल गाँउपालिका –३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन ।  यसपालि भने जनैपूर्णिमा मेला गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो ।

समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा तालरहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्य नवौं स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । ईन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा सानाठूला धार्मिक र पर्यटकीय महत्वका पोखरीहरु रहेका छन् । पाँचपोखरीमा एकादशी देखि जनैपूर्णिमाको दिनसम्म विषेश मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक रआसपासका जिल्ला सहित काठमाण्डौ उपत्यकाबाट समेत ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटापर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ ।

पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो,दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतीको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आईपूजा गरेमा सुख, शान्ति र महिलाले शिव सरह श्रीमान् पाउने र बिहे पश्चात्सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

अहिले पाँचपोखरी सम्म पुग्ने  बाटो निमार्ण ,सुचना पाटि राख्ने तथा तालसंरक्षणको काम गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका –३ भोताङका अध्यक्ष  ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।भोताङपछि बिभिन्न स्थानमा होम स्टे रहेकाले खान ,बस्न समस्या नहुने उहाँले बताउनुभयो ।  पर्यटन प्रबर्द्नका लागि अन्य कार्यक्रम पनि सँचालनगरिने तामाङले बताउनुभयो । “पाँचपोखरी” आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरवार, च्योच्योडाँडा,नागी डाँडा, ज्योवाथान डाँडा” लगायत “जुगलहिमाल,दोर्जे लाक्पा हिमाल समेत रहेका छन् ।

 


क्याटेगोरी : कला, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!