आईतबार, माघ ९, २०७८
गृहपृष्ठकलाभाेटेनाम्लाङ्गमा नेपालकै ठुलाे (८० फिट उचाईकाे ) बुद्व मुर्ती बन्ने

भाेटेनाम्लाङ्गमा नेपालकै ठुलाे (८० फिट उचाईकाे ) बुद्व मुर्ती बन्ने


पाँचपाेखरी –  पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नं ७ भाेटेनाम्लाङ्गमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलाे (८० फिट उचाईकाे ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।

५ कराेडकाे लागतमा बन्ने उक्त मुर्तीकाे शिलान्यास पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गरेका हुन ।दुई बर्ष भित्रमा मुर्तीकाे निर्माणकार्य सकिने गाउँपालिकाले जनाएकाे छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीकाे स्राेत बढाउने लक्ष्य गाउँपालिकाकाे रहेकाे छ । मुर्ती निर्माण लगायत वरिपरिकाे संरचना निर्माणकाे लागि १० कराेड लाग्ने छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यश मुर्ती निर्माणकाे जिम्मा लिएकाे छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसकाे लागि सबैकाे सहयाेग चाहिने प्रतिष्ठानका कुलपती लालकाजी लामाले बताए ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!