आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलादसैंमा ‘परदेशी’ बजारमा (भिडियोसहित)

दसैंमा ‘परदेशी’ बजारमा (भिडियोसहित)


काठमाण्डौं । विजया दशमीलाई लक्षित गरी अमेरिकाको न्यूयोर्क बस्ने नेपालीहरुले ‘परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् । बिष्णुहरि भण्डारीको आवाजमा रहेको ‘परदेशी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।
गीतमा लय तथा शब्द गायक भण्डारी स्वयमंकै छ । उक्त गीतको भिडियोमा कलाकार सुरेन थापा, प्रमिला ढकालले अभिनय गरेका छन् । कलाकारद्वयलाईसुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला मायापण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायतले साथ दिएका छन् ।
घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो।
नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माणगरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमासमेट्न खोजिएको छ ।
ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्गस्टुडियोले संगित संयोजन गरेको छ ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!