आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलासैयौं वर्षदेखि चल्दै आएको इन्द्रजात्रा सुरु

सैयौं वर्षदेखि चल्दै आएको इन्द्रजात्रा सुरु


काठमाडौ । काठमाडौ उपत्यकामा मनाइने ‘येंयाः’ पर्व अर्थात प्रसिद्ध (इन्द्रजात्रा) आज शनिबारबाट सुरु भएको छ । इन्द्रजात्राका अवसरमा काठमाडौको मरु टोलमा रहेको मरु सत्तल र सिंल्यं सत्तः को बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा डोरीले बाँधेर राखिने इन्द्रलाई सत्ताको प्रतीक मानिन्छ । तर पनि आठ दिनसम्म मनाइने यो जात्रा राजनीतिक एवं शासकीय स्वरुप परिवर्तन भएसँगै परिमार्जन हुँदै आएको छ ।

धार्मिक मिथक अनुसार आफ्नो पूजा नगर्ने डरका कारण इन्द्रले धर्तीमा अतिवृष्टि गराएर खेतीबाली सखाप पारिदिएका थिए । आफूप्रतिको आस्थामा कमी आउन नदिन कहिले अनावृष्टि गराउने त कहिले अतिवृष्टि गराएर ईन्द्रले तर्साउँथे भन्ने धार्मिक विश्वास रहेको छ ।

एक दिन आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आए । पारिजातको फूल टिप्न लाग्दा यहाँका किसानहरूले उनलाई चोरको संज्ञादिई डोरीले पाता कसी बीच सडकमै उभाएका थिए । आफूहरूलाई दुःख दिने राजा इन्द्रलाई नियन्त्रण गर्न सकेको खुसियालीमा इन्द्रजात्रा मनाउन थालिएको हो भन्ने किंवदन्ती छ ।

इन्द्र देवताको प्रतिकको रूपमा यःसिं (लिंगो) ठ्याइन्छ । यो जात्रा सैयौं वर्षदेखि चल्दैं आएको छ । सास्कृतिक शहर काठमाडौं, भक्तपुर ललिलतपुरमा बिशेष रूपमा इन्द्रजात्रा मनाईन्छ । इन्द्रजात्राको उद्गम स्थल हनुमानढोका दरबार क्षेत्र हो । यहाँ १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिर छन् । भाद्र शुक्लपक्ष द्वादशीका दिन लिंगो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु भएको मानिन्छ । उक्त लिंगोे वाग्मती नदीमा विसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुन्छ ।

इन्द्र जात्राको अर्को मुख्य आकर्षण कुमारी, गणेश भैरवको रथयात्रा हुन् । जहाँ ३३ कोटी देवताको भगवान्को उपस्थि भएको जनविश्वास रहेको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रतन शाक्यका अनुसार यसको निरन्तरता साढे दुई सय वर्ष अघि पृथ्वी नारायण शाहले कान्तिपुर (हाल काठमाडौं) मा आक्रमण गरेको दिनसंग पनि जोडीन्छ । उक्त आक्रमणपछि शाहले कान्तिपुर नगरीमा जित हांसील गरेर विजय उत्सव मनाएका थिए पनि भनिन्छ ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!