शुक्रबार, असोज १, २०७८
गृहपृष्ठकलाअमृत र रामकुमारको ‘के छ खबर’ (भिडियो)

अमृत र रामकुमारको ‘के छ खबर’ (भिडियो)


काठमाण्डौं । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–२ का सर्जक अमृत भारतीको स्वरमा रहेको नयाँ तीज गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ बजारमा आएको छ । चर्चित गायक रामकुमार नेपालीसँगै आशा केृसी र सपना सुनामको स्वरले सजिएको नयाँ गीत सार्वजनिक भएको हो ।
गायक तथा सर्जक अमृत भारतीले हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिज लाई लक्षित गर्दै गीत बजारमा ल्याएका हुन् ।

अनामनगर स्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको गीतमा भारतीकै शब्द रहेको छ । भारती पिक्चर्स प्रा.लि ले बजार ब्यबस्थापन गरेको गीतमा बरिस्ठ निर्देशक यक गुरुङले निर्देशन गरेका हुन । र सोही भिडियोमा पछिल्लो समयमा टिकटक मा निकै रुचाइयका कलाकार अस्मिता रनपाल जुनु यस् .डि ,राजु आर.डि र तिलक साही लगायत का कलाकार को अभिनय देख्न सकिन्छ । गीत मौलिक र मर्मस्पर्शी भयकोले सबै दर्शक श्रोताको मन जित्ने बताएका छन ।

२०७३ सालमा “कन्या राशी “बोलको दोहोरी गीत बजारमा ल्याएसँगै अमृतले सँगीतिक यात्रा सुरु गरेका हुन् । कन्या राशी प्रश्चात “मन परेको केटि ,भलो हुदैन ,फेरि आयो दशैले घेरेर,“मेरो प्यारो सिन्धुपाल्चोक “मालती ,शुभ दशै,नाच माया,बेसारे माया,रातो खसी,तिम्रो सिउदो भर्नी बेलैमा,ठिकै छ लगायत दुई दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज तथा आफ्नो शब्द सङ्गीत भारतीले भरेका छन् ।

निकै राम्रा सिर्जना बजारमा ल्यायर अमृत ले लाखौ दर्शकको मन जितिसकेका छन।गायक अमृत भारती दर्शकको मन मात्र होइन धेरै सम्मान ,पुरस्कार र अवार्ड जितिसकेका छन । “मेरो प्यारो सिन्धुपाल्चोक“ बोलको गीतबाट क्रमशः जुरी, पब्लिक च्वाइस, उत्कृष्ट गरि तीन अवार्ड जितिसकेका छन । गायक भारतीले स्रोताको मागअनुसार मौलिकता बोकेका सिर्जना लाई जोड दिने बताएका छन् ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!