शुक्रबार, असोज १, २०७८
गृहपृष्ठकलाकवि घिमिरे सम्मानित

कवि घिमिरे सम्मानित


काठमाण्डौं । सञ्चारकर्मी, कलाकार एवं कवि अमित घिमिरे सम्मानित भएका छन् । साहित्यिक पत्रिका संसाकको नवौं बार्षिकोत्सवको अवसरमा घिमिरेसहित ६ स्रष्टा सम्मानित भएका हुन् ।
घिमिरेलाई संसाक भद्रकुमारी केसी मुक्तक÷हाइकु सम्मानबाट सम्मानित गरिएको हो । उनीसहित रञ्जुश्री पराजुली, अरुणबहादुर खत्री ‘नदी’, रेणु थापा ‘मौनता’, देवेन्द्रराज शाक्य र मेनुका चापागाईं सम्मानित भए ।
पराजुलीलाई संसाक यात्री नियात्रा सम्मान, संसाक खत्रीलाई अनामणि समीक्षा सम्मान, थापालाई संसाक तेज÷शोभा काव्य सम्मानबाट सम्मानित गरिएको हो । त्यस्तै शाक्यलाई संसाक शीत कर्ण सम्मान र चापागाईंलाई संसाक गोपालराज÷मैयादेवी पाण्डे साहित्य सम्मान प्रदान गरियो ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!