शीलु र सुरेशको हजारौमा तिमीलाई (भिडियोसहित)
काठमाण्डौं । गायिका शीलु अधिकारी र गायक सुरेश लामाको हजारौंमा तिमीर्र्ला बोलको गीत सार्वजनिक भएको छ । बी बी थापा इन्टरटेन्मेन्टको अफिसियल यूट्यूब च्यानलमार्फत बिहिबार सो गीत सार्वजनिक गरिएको हो ।
बी बी थापाको शब्दमा संगीतकार मनोज चौलागाईंको संगीत सिर्जना एवं संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगरले अभिनय गरेका छन् । रविन शाहकै निर्देशनमा निर्मित म्युजिक भिडियोलाई दिनेश पराजुलीले छाँयाकन गरेका छन् भने अमृत चापागाईले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा समावेश ड्रोन शटलाई विशाल सापकोटाले छायाँकन गरेका हुन् ।
क्याटेगोरी : कला
तपाईको प्रतिक्रिया दिनुहोस