आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलासलोन र मञ्जरी चौतारामा-मिस्टर तथा मिस सिन्धुपाल्चोक हुने (भिडियो खबर)

सलोन र मञ्जरी चौतारामा-मिस्टर तथा मिस सिन्धुपाल्चोक हुने (भिडियो खबर)


दिपेन्द्र घले, चौतारा ।

जिल्लामा लुकेर रहेको र नयाँ प्रतिभाको पहिचान गरि कलाकारहरु उत्पादन गर्ने उद्देश्यले मिस्टर अनि मिस सिन्धुपाल्चोक हुने भएको छ । सन् २०१७ सालमा स्थापना भएको परफेक्ट प्लान इन्टरटेनमेन्ट नेपालले चौतारा साँगाचोकगढी नगरपालिकासँग समन्वय गरी कार्यक्रम गर्न लागिएको हो ।

प्रतियोगितामा जिल्लाभरका १५ वर्ष माथि र २४ वर्ष नकटेकाहरुले आवेदन फारम भरी सहभागी हुन पाउने छन् । फारम भर्नका लागि रेडियो सिन्धुसँग समन्वय गरेकाले सहभागीहरुलाई रेडियोले उपलब्ध गराउने कम्पनीका कार्यकारी निर्देशक मन्जरी पुरीले बताइन्  । “आवेदन फारम भर्नका लागि रु ५ सय लाग्ने छ ।” उनी भन्छिन्, “सहभागीहरुले फारम भर्दा तिरेको शुल्क यदि अडिसनमा छनौट नभएको खण्डमा उक्त रकम फिता हुनेछ र अडिसनमा सेलेक्ट भएकाहरुले तालिम गर्न १२ हजार थप्नु पर्ने छ ।” यहि भदौ १२, १९ र २६ गते अडिसन हुनेछ भने फिनाले असोज १६ गते तय गरिएको छ ।

नायक सलोन बस्नेत समेतको उपस्थिति पत्रकार सम्मेलनमा कम्पनीले चौतारामा अन्तक्रिया गर्दै सम्पूर्ण मिडियाहरुलाई सहयोगको लागि अपिल गरेका छन् । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको र सम्पूर्णमा पहुँच पुराउनका निमित्त मिडियाहरुलाई प्रचार प्रसारमा जोड दिन आग्रह गरेका हुन् ।

कलाकारिता क्षेत्रको विकास र उत्पादनका निमित्त उक्त कम्पनीले पहिला पनि हेटौँडामा सो कार्यक्रम सम्पन्न गरिसकेको छ । जिल्ला भित्र लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याउने यस अभियानले सहभागीहरु मध्य बिजेता दुई जना मिस्टर र मिसलाई अगाडि ल्याउने नायक तथा कम्पनीका प्रवन्ध निर्देशक सलोन बस्नेतल बताए । “हामी बिजेतालाइ म्युजिक भिडियो खेल्ने अवसर प्रदान गछौँ ।” कलाकारको योग्यता हेरेर यदि सक्षम भएमा उनी आवद्ध कम्पनीहरुले उत्पादन गर्ने सिरिजहरुमा समेत अभिनय गर्ने मौका दिने उनले बताए ।


क्याटेगोरी : कला
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!