Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनसिन्धुपुत्र गायक प्रेमध्वज प्रधानको निधन

सिन्धुपुत्र गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।

छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएको उहाँको केहीबेरअघि निधन भएको गायक शिव परियारले जानकारी दिए ।

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

उनको निधनपछि कलाकार, गायकगायिका लगायतको समवेदना प्रकट गरेका छन् ।

प्रधान सिन्धुपाल्चोकमा जन्मिएका हुन् ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!