Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनचन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे)

चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे)


चाैतारा । गायक चन्द्रसिं घलेकाेे प्रेम गीत सानू तिम्राे सार्वजनिक गरिएकाे छ । भ्यालेन्टाईन नम्बर मानिएकाे साे गीत प्रेम दिवशकाे अवसरमा युट्युवमार्फत बजारमा ल्याईएकाे हाे । गीतमा मिना थापाले चन्द्रलाई स्वरमा साथ दिएकी छन् ।
सञ्चारकर्मी किशाेर बुढाथोकीकाे शब्दलाई गायक घलेले संगीत दिएका हुन् । लुमन स्थापितले रेकर्ड गरेकाे गीतलाई दिनेश श्रेष्ठले संगीतसंयाेजन गरेका थिए ।
दीक्षा शर्माकाे मेकअप रहेकाे याे प्रेमिल गीतकाे भिडियाेमा साेहन के.थाेकी र ईभा श्रेष्ठले राेमान्स देख्न सकिन्छ ।
प्रकिष्ट रेग्मी र प्रकाश कुवँरकाे प्राविधिक साथ रहेकाे याे गीतकाे भिडियाेलाई शाैरभ ढकालले खिचेका हुन् । भिडियाेलाई शिशिर अर्यालले निर्देशन गरेका छन् ।
सिन्धुपाल्चोक चाैताराका स्थायी बासिन्दा चन्द्रसिंले यसअघि राजारानी, साहारा बनिदेउ तिमी, डिस्काे डान्स,सुनचाँदी, जय जन्मभूमि जय सिन्धुभूमि जस्ता दर्जनाै हिट गीत बजारमा ल्याईसकेका छन् ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!