Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थसिन्धुपाल्चोक उद्योग वाणिज्य संघ निर्वाचनः सदस्य संख्या २ हजार ९५ कायम

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ निर्वाचनः सदस्य संख्या २ हजार ९५ कायम


बाह्रबिसे । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिएसँगैं सदस्य संख्याको टुंगो लागेको छ ।

यही चैत्र ७ गते हुने संघको २५ औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि २ हजार ९५ जना सदस्यको टुंगो लागेको हो ।

नयाँ सदस्य दर्ता र नवीकरण गर्न संघले जारी गरेको सुचना अनुरुप माघ मसान्तसम्म २ हजार ९५ जना सदस्य कायम भएको संघका जिल्ला अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए । संस्थाकाे आजीवन सदस्य संख्या ८ रहेकाे छ ।

संघले नवीकरण र नयाँ सदस्यताका लागि पौष १८ गते बैठक बसी सम्पूर्ण व्यपार व्यवसाय गर्ने व्यक्ति वा फर्मलाई आह्वान गरेको थियो ।

सोही अनुरुप २०७ ४मा कायम भएको १७ सय ३६ जना सदस्य बढेर २ हजार ९५ पुगेको हो ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!