बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थफेरि सञ्चालन भयाे ताताेपानी नाका

फेरि सञ्चालन भयाे ताताेपानी नाका


ताताेपानी । नेपाल-चीन बिचकाे प्रमुख ताताेपानी नाका आजबाट फेरि सुचारू भएकाे छ । भूकम्पपछि अस्थिर रहेकाे याे नाका जाेड्ने मितेरी पुलमा क्षति पुगेपछि पुनर्निर्माणपछि फेरि नाका सञ्चालनमा अाएकाे हाे ।
१९ दिनदेखि बन्द रहेको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि फेब्रुवरी ८ सम्म नाका बन्द गरेकाे थियाे । मर्मत कार्य सकिएकाले नाका पुनः सञ्चालन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनले आज स्याउलगायतका फलफूल नेपालतर्फ भित्र्याउँदै नाका पुनः सञ्चालन हुने सिन्धु खबरलाई जानकारी दिए ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गरेको हो । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गरेकाे थियाे। बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्याएकाे थियाे ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!