गृहपृष्ठ ∕ अर्थ ∕ इपान बागमतीको संयोजकमा पौडेल इपान बागमतीको संयोजकमा पौडेल सिन्धु खबर माघ १८, २०७७ गते १६:५२ मा प्रकाशित बाह्रबसे । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) को बागमती प्रदेश संयोजकका भैरवकुण्ड हाइड्रोपावरका अध्यक्ष रामकाजी पौडेल चयन भएका छन् । उर्जामन्त्री टोप बहादुर रायमाझीको उपस्थितिमा भएको कार्यक्रममा पौडेलसहित साथै प्रदेशका इपान संयोजक चयन भएका हुन् । शनिबार राजधानीमा भएको निजि क्षेत्रका हाइड्रोपावर सञ्चालकहरुको साधारणसभाले पौडेललाई बागमती प्रदेश संयोजकमा चयन गरेको हो । संयोजक पौडेलले वाग्मती प्रदेशभरका निजि क्षेत्रका हाइड्रोपावर व्यवसायीलाई समेटेर वाग्मती प्रदेश आइप्यानलाई पूर्णता दिनेछन् । समितिमा अध्यक्षसहित नौ जना रहने संयोजक पौडेलले बताए । पौडेल हाइडोपावर व्यवसायी संघको केन्द्रीय सदस्य समेत छन् । वाग्मती प्रदेशमा ४२१ मेगावाट विद्युत उत्पादन भैसकेका छ भने ४६०० मेगावाट बन्दै गरेका र उत्पादनको क्रममा छ । बागमती प्रदेशमा अध्ययन अनुमति पत्र लिएका ३८, निर्माणको क्रममा रहेका ७४ र उत्पादन गरिएका २९ वटा गरी १ सय ४१ वटा हाइड्रोपावर छन् । हाल बागमती प्रदेशमा ४२१ मेगावट विद्युत उत्पादन भैरहेको छ । इपानका संयोजक पौडेलले बागमती प्रदेशभित्र भएका हाइड्रोपावरमा आउने विभिन्न समस्या समाधानका लागि सरकासँग सहकार्य गरेर अगाडि बढ्ने बताए । अनुमतिपत्र लिएका समयभित्रै निर्माण कार्य सक्नका लागि सहयोग गर्ने आफ्नो योजना रहेको पौडेलले सुनाए । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ निर्वाचनः सदस्य संख्या २ हजार ९५… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे