Techie IT
Tuesday, August 3,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठअर्थकरदाता शिक्षा कार्यक्रम सम्पन्न

करदाता शिक्षा कार्यक्रम सम्पन्न


बाह्रबिसे । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया गरेको छ । शुक्रबार संघले बाह्रबिसृमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको जनाएको छ ।

उद्योगी तथा व्यवसायीलाई आन्तरीक कर कार्यालय धुलिखेलका प्रमुख कमल बहादुर राजलवट र चन्दा खकुरेलले कर समन्धी परामर्श दिनुभएको संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका मेलम्ची, चौतारा, खाडिचौरलगायत स्थानबाट उद्योगी व्यवसायी सहभागि भएका थिए । बाउन्नेपाटी, मेलम्चीमा उपाध्यक्ष जगनाथ चालिसे, चौतारामा श्याम कृष्ण श्रेष्ठ, खाडीचौरमा बिदुर खडकाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

संघका अध्यक्ष श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!