Techie IT
Monday, March 8,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठअर्थआजदेखि २० दिनका लागि तातोपानी नाका बन्द

आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द


चौतारा । आजदेखि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न २० दिनकालागि नाका बन्द गरिने भएको हो । बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माण गर्न लागिएको जानकारी चिनीयाँ पक्षले गराएको भनसार कार्यालयले जनाएको छ ।

पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । पुल मर्मतका लागि नाका बन्द हुने भएपछि गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको छ । तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन छैनन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस