गृहपृष्ठ ∕ अर्थ ∕ फेरि बन्द हुने भयाे ताताेपानी नाका फेरि बन्द हुने भयाे ताताेपानी नाका Sindhu Khabar पुस २४, २०७७ गते १०:४३ मा प्रकाशित ताताेपानी । नेपाल-चीन बिचकाे प्रमुख ताताेपानी नाका फेरि बन्द हुने भएकाे छ । भूकम्पपछि अस्थिर रहेकाे याे नाका जाेड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेकाे हाे । भाेटेकाेशी नदिमा बर्खाकाे बाढीका कारण पुलकाे जगमा क्षति पुगेकाे छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएकाे हाे । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि अाउँदाे २० जनवरीदेखि नाका बन्द गरिनेछ । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ । याे जानकारी भने ताताेपानी भन्सारलाई अझै अाधिकारिक खबर छैन । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुनेबारे आधिकारिक खबर नपाएको बताए । यो दुई देशबीचको सीमाक्षेत्र भएकाले हामीसँग पनि छलफल गरेर मर्मत गर्नुपर्ने खत्रीको तर्क छ । वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थुप्रिएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । यद्यपि, पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ । भूकम्पपछि चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले वर्ष दिन लगाएर मितेरी पुल निर्माण गरेको हो । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका