गृहपृष्ठ ∕ अर्थ ∕ कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा सिन्धु खबर पुस १८, २०७७ गते १८:४५ मा प्रकाशित काठमाडौं । कोरोनाका कारण रोकिएको कोरियाली भाषा परीक्षा सञ्चालनको टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका हजाराैं युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको छ । कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्गाे लगाउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निर्क्याेल हुन सकेको छैन । कोभिड–१९ का कारण सन २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेको छैन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन । दक्षिण कोरियाले सन २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ । नेपालबाट वार्षिक आठ हजारको हाराहारीमा युवा कोरिया जाने गरेका छन् । सन २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका