गृहपृष्ठ ∕ अर्थ ∕ ९० प्रतिशत पुग्यो निजी आवास निर्माण (सिन्धुका कहाँ कति घर बने ?) ९० प्रतिशत पुग्यो निजी आवास निर्माण (सिन्धुका कहाँ कति घर बने ?) Sindhu Khabar पुस १६, २०७७ गते १५:४८ मा प्रकाशित चौतारा । विनासकारी भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । झण्डै ९० प्रतिशत घर ठडिएसँगै पुनर्निर्माणले लक्ष्यको अन्तिम बिन्दु चुम्न लागेको हो । पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकअनुसार जिल्लामा ९० हजार नौ सय चार लाभग्राही छन् । यीमध्ये ८८ हजार ६ सय ७१ पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको अनुदान लिएका छन् । त्यस्तै ८५ हजार एक सय १० ले दोस्रो किस्ता र ७९ हजार दुई सय एकले आवास निर्माण सकेर तेस्रो किस्तावापतको अनुदान रकम लगिसकेको जिमालीले जनाएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिएसँगै निजी आवासतर्फ शतप्रतिशत नतिजा निकाल्ने क्रममा पुगेको हो । जिमालीका सूचना अधिकारी रविराज धितालले यो आर्थिक वर्षमा निजी आवासतर्फको पुनर्निमाण सक्ने दावी गरे । ‘पछिल्लो समय पुनर्निर्माणले तीव्रता लिएको छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा निजी आवास निर्माण भए बाँकी यही वर्षमा निर्माण हुने देखिन्छ ।’ ‘केहीको अन्तिम किस्ताका लागि प्रक्रियामा छ,’ धितालले भने, ‘अधिकांश प्रक्रियामा छिर्न आउनै बाँकी छ ।’ भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न सकेका छैनन् । जिल्लामा एक सय ९७ परिवार भूमिहीन लाभग्राही रहेकोमा ३६ को मात्र कायम भएको छ । त्यसमध्ये एक परिवारले मात्र जग्गा प्राप्ति गरेका छन् । त्यस्तै नौ सय १३ परिवार बिस्थापितमध्ये तीन सय तीनले मात्र जग्गा प्राप्ति गरेर आवास पुनर्निर्माण गरिरहेका छन् । ६ सय १० बिस्थापित जग्गा प्राप्तिको प्रक्रियामा छन् । उनीहरुले आवास निर्माण थाल्न सकेका छैनन् । बिनासकारी भूकम्पको ठिक वर्ष दिनपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए । NP/GP Total Beneficiary 1st Kista 2nd Kista 3rd Kista Barhabise Urban Municipality 8245 8077 7797 7199 Bhalephi Rural Municipality 6148 6067 5948 5665 Bhotekoshi Rural Municipality 4377 4221 3920 3186 Chautara Sangachokgadi Urban Municipality 14342 14097 13618 13142 Helambu Rural Municipality 5677 5486 5138 4890 Indrawati Rural Municipality 8594 8467 8200 7831 Jugal Rural Municipality 5740 5687 5587 5475 Lisankhu Pakhar Rural Municipality 5716 5303 4946 4277 Melamchi Urban Municipality 13979 13706 12958 11783 Pachpokhari Thangpal Rural Municipality 7501 7204 6901 6076 Sunkoshi Rural Municipality 5925 5785 5622 5362 Tripurasundari Rural Municipality 4660 4571 4475 4315 Grand Total 90904 88671 85110 79201 क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे