Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठअर्थट्राफिक नियम उल्लघन गर्ने ३ सय ८३ सवारी साधन कारवाहीमा, ३ लाख बढी राजस्व संकलन

ट्राफिक नियम उल्लघन गर्ने ३ सय ८३ सवारी साधन कारवाहीमा, ३ लाख बढी राजस्व संकलन


चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी साधन कारवाहीमा ३ लाख बढी राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त चेकिङ प्रहरी टोलिले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनहरुलाई कारवाही गरी तीन लाख ७५ हजार राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले पाँच दिनमा ३ सय बढी सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो । प्रहरीले पुस २ गतेदेखि पुस ७ सम्म ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ८२ सवारी साधनलाई कारवाही गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!