Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठअर्थभोटेकोसी पहिरो प्रभावित ८५ परिवारलाई राहत, विस्थापितहरुले कहिले पाउलान घर ?

भोटेकोसी पहिरो प्रभावित ८५ परिवारलाई राहत, विस्थापितहरुले कहिले पाउलान घर ?


तातोपानी । भोटेकाशी गाउँपालिकाले बाढी पहिरोबाट प्रभावित गाउँपालिकाका ८५ घर परिवारलाई राहत वितरण गरेको छ । भोटेकोशीका तिस्ती, बुल्कोट, लार्चा, तातोपानी र फुल्पिङकट्टीका बाढी र पहिरोबाट विस्थापित ८५ परिवारलाई आवश्यक सामग्री वितरण गरिएको हो ।

बिहीबार गिभ टु एसियाको सहयोगमा प्राप्त सहयोग सामग्रीहरु गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र सो संस्थाका अध्यक्ष दीपकचन्द्र बज्राचार्यले संयुक्त रुपमा बाढी पहिरो प्रभावितलाई वितरण गरेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । एक परिवारलााई आवश्यक पर्ने भान्साका सामग्री, शौचालयका लागि आवश्यक सामग्री, बेडसिट र स्यानिटरी प्याडलगायत प्रति परिवार १४ हजार बराबरको सामाग्री वितरण गरिएको छ ।

राहत सामग्री लिनका लागि विस्थापितहरु गाउँपालिकासम्म आएका थिए । वर्षामा बाढी र पहिरोबाट भोटेकोशीका ८५ परिवार विस्थापित भएका थिए । घर पहिरोले बगाएपछि उनीहरु छाप्रो, टहरो बनाएर सुरक्षित ठाउँमा बसेका छन् । कोही भने आफन्तकोमा बसेका छन् ।

प्रदेश सरकारले बाढी पहिरो पीडितलाई घर बनाइदिने निर्णय गरे पनि अहिलेसम्म विस्थापितको व्यवस्थापनका लागि खाशै चासो दिइएको छैन् । गाउँपालिकाले प्रदेशसँग समन्वय गरिरहेको भए पनि अहिलेसम्म भुगर्वविदको टोली आएर त्यहाँका ठाउँ बस्न लायक छन् कि छैनन् भन्ने अध्ययन समेत नगरेका गाउँपालिका अधयक्ष पौडेल बताउँछन ।

भुगर्वविदको टोली जुगलको लिदी, नाम्फालगायत ठाउँ बस्न योग्य छ कि छैन भने र अध्ययन गर्न गएकाले छिट्टै भोटेकोशीमा पनि उनीहरु आएर अध्ययन गर्ने गाउँपालिका अध्यक्ष पौडेलले बताए । त्यसपछि मात्रै विस्थापितहरुको घर कहाँ बनाउने भनेर प्रदेश सरकारले काम थाल्ने छ ।

भुगर्वविदहरुले भोटेकोशी गाउँपालिका भौगोलिक रुपमा कमजोर भएकाले त्यहाँ सुरक्षित बसोबासका लागि जमिन पाउन मुश्किल रहेको बताउँदै आएका छन । यसरी हेर्दा पनि पीडितहरुले घर पाउन अझ निकै समय लाग्ने देखिन्छ । वर्षेनी आउने बाढी र पहिरोले भोटेकोशीका नागरिक प्रताडित हुँदै आएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस