गृहपृष्ठ ∕ अर्थ ∕ लिसंखुपाखरको १ % व्याजमा अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम लिसंखुपाखरको १ % व्याजमा अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम सिन्धु खबर मंसीर २८, २०७७ गते १४:५२ मा प्रकाशित लिसंखुपाखर गाउंपालिकाले उद्यमशिलताको प्रवद्र्धन गर्ने उद्देश्यले “ लिसंखुपाखरको आह्वान, उद्यम विकासका अभियान” नारा सहित “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” लागु गरेको छ । यो कार्यक्रम नेपाल बैंक लि. संगको सहकार्यमा हुन लागिरहेको हो । कार्यक्रम अन्तर्गत इच्छुक उद्यमी व्यवसायीहरुलाई गाउंपालिकाले छनौट गरेको व्यवसायको प्रकृति अनुसार रु. पांच लाख सम्मको ऋण बिना धितो गाउंपालिकाको जमानीमा नेपाल बैंकले लगानी गर्ने र गाउंपालिकाले व्याजमा अनुदान दिने भएको छ । जसअनुसार उद्यमी व्यवसायीहरुले १ % मात्र व्याज तिरे पुग्छ । मंसिर २५ र २६ गते इच्छुक निवेदकहरुलाई उद्यमशिलता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी संगै औपचारिक रुपमा सञ्चालन भएको हो । “चलिरहेको परम्परा भन्दा रचनात्मक ढंगले रोजगार र कृषिमा क्रान्ती ल्याउने उद्देश्यले बजार प्रवद्र्धनको दुरदृष्टि सहित यो कार्यक्रम लामो समयको गृहकार्य पछि लागु गरिएको हो” लिसंखुपाखर गाउंपालिकाको अध्यक्ष कमल नेपालले कार्यक्रम उद्घाटन गर्दै बताउनु भयो । उहांले कृषिको बजेट संधै अनुदानमै मात्र सिमित गर्नू भन्दा रचनात्मक तवरले यो क्षेत्रमा लगाइ आर्थिक गतिविधि बढाइ आर्थिक स्तर बढाउन आफुहरु लगिपरेको बताउनुभयो । यसमा बैदेशिक रोजगारीबाट फर्केका र शहरबाट गाउं फर्कि विभिन्न व्यवसाय गर्न उत्सुक भएको देख्दा खुसी लागेको बताउंदै उपाध्यक्ष हेमगंगा मोक्तानले सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सुरुवातमा इच्छुक व्यक्तिहरुबाट निवेदन आह्वान गर्दा कृषि लगायत बिभिन्न ४७ पेशा व्यवसायमा इच्छा जनाई ११८६ जनाले निवेदन दिएको सुरुवाती चरणमा लगभग २०० जना बाखा्रपालनमा निवेदन दिएका निवेदकहरुलाई पहिलो चरणको कार्यशाला गोष्ठी आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभयो । छनांैटका बिभिन्न चरणहरु पार गर्दै यथार्थमै उद्यममा लाग्न चाहनेलाइ विना भेदभाव मौका दिने र यो ऋणलाई अवसरमा बदल्न आह्वान गर्दै ऋणको दुरुपयोग भएमा कानुनतः सम्पुर्ण सरकारी सुविधाबाट बन्चित हुने भन्दै सचेत गराउनुभयो । कार्यशाला गोष्ठीमा उद्यमशिलता सम्बन्धी कार्यशाला कम नेपाल (COM Nepal) ले सञ्चालन गरेको थियो भने नेपाल बैंक लि. पांचखाल शाखाले ऋणको विषयमा प्रकाश पारेको थियो । क्याटेगोरी : अर्थ, राजनीति ट्याग : #banner, #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे