गृहपृष्ठ ∕ अर्थ ∕ अब पसल अगाडीको पेटीमा सामान राख्न नपाइने अब पसल अगाडीको पेटीमा सामान राख्न नपाइने Sindhu Khabar मंसीर १८, २०७७ गते १५:१४ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकका प्रमुख व्यापारिक बजारमा सञ्चालित पसलहरुको अगाडी रहेको सडक पेटीमा राखेर सामग्री विक्री वितरण गर्न नपाइने भएको छ । घर अगाडी टहरा निर्माण तथा सामग्री राखेर विक्री गर्दा बटुवा तथा सवारी आवागमनमा समस्या भएकाले सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो । आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा वसेको बैठकले विशेषगरि चौतारा, मेलम्ची, बाह्रविसे, खाडीचौरजस्ता प्रमुख बजारमा यस्तो नियम लागू गर्ने निर्णय गरेको छ । निर्णय भएको तीन दिनभित्र यस्ता सडक पेटी अतिक्रमण गरि बनाइएका टहरा र विक्री वितरणका लागि राखिएका सामग्री हटाउनसमेत आग्रह गरिएको छ । यसको अनुगमन जिल्ला प्रहरी प्रशासन तथा उद्योग बाणिज्य संघले गर्ने सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए । जिल्लामा रहेका व्यवासाय विना दर्ता सञ्चालन गरिएको भए इजजाजत लिनसमेत सम्पूर्णमा अनुरोध गरिएको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै