Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थउद्योग वाणिज्य महासंघको चुनावमा सिन्धुपाल्चोकका नरेशलाल र कमल निर्वाचित, राजेन्द्र पराजित

उद्योग वाणिज्य महासंघको चुनावमा सिन्धुपाल्चोकका नरेशलाल र कमल निर्वाचित, राजेन्द्र पराजित


चौतारा । नेपाल उद्योग वाणिज्य महासंघमा सिन्धुपाल्चोकका दुई जना निर्वाचित भएका छन् । केन्द्रीय समितिमा कमलकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठ निर्वाचित भएका हुन् । कमलकुमार जिल्ला र नगर तर्फबाट ७० मत ल्याएर केन्द्रीय कार्यकारीणी सदस्यमा निर्वाचित भएका हुन् भने नरेशलाल वस्तुगत तर्फबाट निर्वाचित भएका हुन् ।

अर्का उमेद्वार राजेन्द्र कुमार भने पराजित भएका छन् । उनी वाग्मती प्रदेशबाट केन्द्रीय सदस्यका लागि उठेका थिए । उनले जम्मा दुई मत मात्रै प्राप्त गरेका छन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उमेद्वार चन्द्रप्रसाद ढकाल र किशोर प्रधान दुवैको टिममा परेका थिएनन् ।

यस अघि केन्द्रीय सदस्यसमेत भइसकेका श्रेष्ठ आफ्नै जोडबलमा उमेद्वार भएका थिए । महासंघको वरिष्ठ उपाधयक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार