Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठअर्थसरकारको दावी–‘अबको चार महिनामा काठमाण्डौंमा मेलम्चीको पानी !’

सरकारको दावी–‘अबको चार महिनामा काठमाण्डौंमा मेलम्चीको पानी !’


काठमाण्डौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले अबको चार महिनामा मेलम्चीको पानी काठमाण्डौंका उपभोक्ताको धारामा झार्ने नयाँ भाका सार्वजनिक गरेको छ । प्राविधिक त्रुटीका कारण मेलम्ची आयोजना लम्बिएको र यसको त्रुटी सच्याएर सम्पन्न गर्न अब चार महिना लाग्ने मन्त्रालयले दाबी गरेको हो ।
सरकारले यो चार महिनाको अवधिमा कुनै समस्या नआए काठमाण्डौंवासीको मेलम्ची सपना पूरा हुने जनाएको छ । सरकारले पटकपटक सम्पन्न हुने भनेर घोषणा गरिएको र पूरा हुन नसकेको सो आयोजनाको काम फेरि चार महिना मात्रै लाग्ने बताएपनि अझै निश्चित भने छैन ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले फेरि कुनै पनि प्राविधिक समस्या नआए ४ महिनाभित्रै मेलम्ची काठमाण्डौंमा झर्ने दावी गरे । अहिले बिग्रेको गेटको निर्माण भइरहेको छ । एउटा गेट भत्के पनि पनि अन्य गेटको पनि प्याटर्न बिग्रेको छ । हाललाई अस्थायी ड्याम बाट पानी पठाउने उनले बताए । वैशाखबाट भने स्थायी ठ्यामबाटै पठाइने उनको भनाई छ ।
मेलम्ची खानेपानी आयोजनाबाट प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिने छ । सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्डअनुसार पानी प्रवाह गरिने छ । आयोजनाका अनुसार सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने छ ।
मेलम्ची आयोजना सम्पन्नको अन्तिम तयारीमा हुँदा आयोजनाको गेटमा गत असार ३० मा परीक्षण गर्दा सुरुङको गेट फुस्किदा दुर्घटना समेत भएको थियो । उक्त दुर्घटनामा एक इन्जिनियरको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए । घटनाको बिषयमा अध्ययन गर्न बनेको प्राविधिक टालीले मेलम्ची खानेपानी आयोजनामा गम्भीर प्राविधिक त्रुटि भेटिएको जनाएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार