Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठअर्थउद्योग बाणिज्य महासंघको अधिबेशन सुरु, सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष केन्द्रीय सदस्यको उम्मेदवार

उद्योग बाणिज्य महासंघको अधिबेशन सुरु, सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष केन्द्रीय सदस्यको उम्मेदवार


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधारण सभा आजबाट काठमाडौंमा सुरु भएको छ ।

तीन दिन चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको नयाँ नेतृत्वमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष् कमलकुमार श्रेष्ठले केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला तथा नगरको प्रतिनिधित्व गर्दै खुल्ला केन्द्रीय सदस्यमा श्रेष्ठले उम्मेदवारी दिएका हुन् । देशभरका ब्यवसायीले उम्मेदवारीका लागि हौसला प्रदान गरेका कारण श्रेष्ठलाई विजय सहज हुने आंकलन गरिएको छ ।

बिभिन्न सामाजिक काममा पनि सकृय श्रेष्ठ चीन तथा नेपालको ब्यापार ब्यवसायमा सकृय छन् । यस अघि बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!