गृहपृष्ठ ∕ अर्थ ∕ तातोपानी नाका हुँदै आउने सामान अब कन्टेनरमा मात्र तातोपानी नाका हुँदै आउने सामान अब कन्टेनरमा मात्र सिन्धु खबर मंसीर १०, २०७७ गते २०:१८ मा प्रकाशित तातोपानी । नेपाल र चीनको स्थल ब्यापारिक नाका हुँदै नेपालतर्फ सामान ल्याउँदा कन्टेनरबाट मात्र ल्याउने ब्यवस्था मिलाईएको छ । कोभिडका कारण पनि समस्यामा रहेको यो नाका हुँदै आउने सामान चीन बाट चालिस फुटको कन्टेनरमा आउने र सो सामान भन्सार जाँचपछि हेड परिवर्तन गरेर काठमाडौं लैजाने ब्यवस्था गरिएको छ । त्यसो हुँदा बिभिन्न स्थानमा लोड अनलोड गर्दा सामान बिग्रने तथा कोभिडको समस्यामा पनि न्यूनिकरण हुने बताईएको छ । चिनियाँ पक्षलेनै ब्यपार ब्यवस्थापन गर्न यो शर्त राखेपछि नेपाली शिल्क ट्रान्सपोर्टको चालिस फुटे कन्टेनरले सामान ढुवानी गर्ने छ । यो नाकामा ब्यापार ब्यवसाय ब्यवस्थित गर्न लागिरहेको शिल्कले चीन तथा नेपाल सरकारबीच सहजीकरण गरेर ब्यवस्थित तथा आधुनिक तवर बाट काम गर्न लागेको हो । बुधवार शिल्कका अध्यक्ष रमेश शेर्पा तथा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले यो कामलाई औपचारिकता दिएका थिए । बुधवार नै तीनबटा कन्टेनर नेपाल तर्फ प्रवेश गरेको छ । चीनको मुसा ट्रान्सपोर्ट कम्पनीसँगनै समन्वय गरेर शिल्कले काम गरिरहेको यसको प्रमुख रमेश शेर्पाले जानकारी दिए । कोभिडको असर बढिरहेको अवस्थामा त्यसबाट बचेर सामान आयात निर्यात गर्नका लागि पनि नयाँ प्रकृया अपनाईएको शेर्पाले बताए । कोभिडका कारण नेपाली ब्यवसायीका ११ सय कन्टेनर भन्दा धेरै सामान चीनतर्फनै अड्किएका छन् । ती सामान लाई पहिलो प्राथमिकतामा राखिएको शेर्पाले बताए । चिनियाँ पक्षले चालिस फिटको कन्टेनरको प्रयोग गर्न भनेपछि नेपाल तर्फको बाटोका कारण भने समस्या परेको छ । नेपालतर्फको सडक गत बर्षाद्को बाढीका कारण जीर्ण अवस्थामा छ । तत्काल अरनिको राजमार्गको सुधार गर्नका लागि सरकारले योजना बनाउनु आवश्यक रहेको ब्यापारीहरु बताउँछन् । क्याटेगोरी : अर्थ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम