राहदानी थन्काएर व्यवसायिक च्याउ खेती

बाह्रविसे । त्रिपुरासुन्दरी गाउपालिका वडा २ चोकटी लागार्चेका सुवास राउतको दैनिकी च्याउ स्यार्हाने र टिपेरै बित्छ । विदेश जान बनाएको राहदानी थन्काएर चोकटीको लार्गाचेमा व्यवसायिक रुपमा च्याउ खेती सुरु गरेका २४ वर्षे राउत जागरिलो बनेका छन् ।
बिहान चारै बजे उठेर दुईसय केजी च्याउ स्थानीय बजारदेखि काठमाण्डौसम्म पु¥याउने राउत भन्छन्, ‘अरुको देशमा खुब भौतारिए, अहिले आफ्नै गाउँमा च्याउ फर्म सुरु गरेको छु, यही कामले एकछिन फुर्सद हुदैन ।’
मलेशिया ,थाइल्याण्डमा झण्डै एक वर्ष रोजगारीको क्रममा दौडिएका राउतले भूकम्पलगत्तै राजधानीमै लट्टेश्वर अर्गानिक कृषि फार्मबाट वर्ष व्यवसायिक तरकारी खेती थाले । त्यहाँको ३ वर्षे गोलभेडा, काउली, च्याउजस्ता व्यवसायिक तरकारी खेती सफल भएपछि उनले आफ्नै गाउँमा युवासँग मिलेर ठुलो फर्ममा च्याउ खेती गर्ने आट कसे । काठमाण्डौबाट ३ हजार २ सय बिउ ल्याएर ०७६ साल फागुनबाट च्याउ खेती सुरु गरे । सुरुवाती चरणमा १२ वटा टनेलमा बल बनाएर उनले पहिलेको अनभुवकै आधारमा च्याउ खेती प्रविधि अपनाए ।
त्यतिखेर दश लाख लगानीमा सुरा कृषि प्राइभेट लिमिटेड कृषि फर्मबाट च्याउ खेती सुरु गरेका राउत अहिले सन्तुष्ट छन् । बाहुन क्षत्री समाजमा च्याउ खेती गर्न सुरुमा मुस्किल देखिएपछि उनले सुरुमा उत्पादित च्याउ अरुलाई चाख्न दिए । त्यसपछि के थियो र सबैमा च्याउ उर्मार्ने लहर सुरु भइसकेको छ । ‘सबैले बहुलायो भन्थ्ये, आहिले च्याउ बिक्री भएको देखेर सबै दंग परेर हेर्छन्, सिक्न आउछन्,’ राउतले भने ।
सुवाससहित २५ वर्षे सविन च्याउ खेतीमा रमाएर पसिना बगाइरहेका छन् । उनीहरु दिनहु बेलुकी र बिहान निश्चित समय तालिका बनाएर च्याउ टिप्छन् , निजी बोलेरोमा बोकेर बिक्री गर्न पुग्छन् । स्थानीय बाह्रबिसे, खाडीचौर, सुकुटे बजार ८० केजी र काठमाण्डौमा दुईसय केजी अर्गानिक कन्ये च्याउ बिहान या बेलुकी पु¥याउने गरिएको सविनले बताए । ‘निश्चित दुरी कायम गरेर च्याउ बिक्री गछौ, अर्गानिक भएकाले बजारमा च्याउ सजिलै बिक्छ, प्रतिकिलो एकसय ३० देखि एकसय ५० सम्म बिक्री गर्छौ,’उनले भने । कोरोना भाइरस (कोभिड १९) संक्रमणको डर भएकाले सामाजिक दुरी,माक्स र साबुन पानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने अनिवार्य बनाएको उनले उल्लेख गरे ।
राउतद्वयकाअनुसार दैनिक कन्ये च्याउ ३ सयदेखि १२ वटा टनेलका च्याउ बलमा चारसय केजी उम्रिन्छ । च्याउ बेचेर मासिक ५० हजार कमाइरहेका दुई युवा गाउमा उदाहरणीय बनेका छन् । च्याउ उर्मान धेरै बजेट नचाहिने र धेरै दुःख व्यर्होनु नर्पने युवा राउतको अनुभव छ । स्थानीय स्रोत बाँस, पराल प्रयोग गरेर टनेल बनाउन सकिने, पराल घासबाट कन्ये च्याउको बल बनाएर च्याउ उर्माने वातावरण बनाउन सकिने उनको भनाइ छ । च्याउ खेतीमा जमेका युवाले च्याउमा आउने ढुसी,भुसुना लगायतका समस्या समाधान र प्रोत्साहनको लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने माग गरेका छन् । त्रिपुरासुन्दरी गाउपालिकाले विभिन्न कार्यक्रममा अनुदान दिदैआएको जनाएपनि यस्ता युवा भने छुटेका देखिन्छन् ।
टेण्डभित्र अक्सीजनको मात्रा मिलाएर राखेपछि च्याउ उत्पादन हुने वातावरण बन्ने गर्दछ । जाडो महिनामा एक महिना र गर्मी महिनामा २३ दिनमा च्याउ उर्मिन्छ । एउटा च्याउ उर्माने बलमा ३ केजी च्याउ उर्मने क्षमता हुन्छ ।
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking