Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थसिन्धु विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

सिन्धु विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित


काठमाडौं । सिन्धु विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नवौं कर दिवस २०७७ का अवसरमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले सिन्धु विकास बैंकलाई सम्मान गरेको हो ।

२०७६ सालमा सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा आन्तरिक राजस्व कार्यालयले सिन्धु विकास बैंकलाई सम्मान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बताए । सिन्धु विकाससँगैं स्वरोजगार लघुवित्त विकास बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्लाको बैंकको शाखा कार्यालयबाट कर बुझाउन धुलिखेल आउनुपर्ने बाध्यता छ । सिन्धु विकास बैकको ५ वटा जिल्लामा शाखा कार्यालयहरु छन् । काभ्रे, दोलखा, सिन्धुपाल्चोक, चितवन र मकवानपुरमा बैंकको शाखा छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार