Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थपरम्परा धान्नकै लागि कोेदो खेती

परम्परा धान्नकै लागि कोेदो खेती


बाह्रविसे । मेहनत अनुसार चित्तबुझ्दो कमाई नहुँदासमेत सिन्धुपाल्चोकवासीले परम्परागत कोदो खेतीलाई निरन्तरता दिएका छन् । खेती गर्नसमेत असहज मानिने कोदोले अहिले जिल्लाका बारी फाँटहरुमा कोदो झ्ुलेको देख्न सकिन्छ ।
‘बारीमा फलेको देख्दा राम्रो देखिन्छ, तर फलाउन धेरै गाह्रो छ,’ बाह्रविसे नगरपालिका ७ घुम्थाङ कि ६७ वर्षिया निङडोमा शेर्पाले भनिन््, ‘छोराछोरी नरोपौ भन्छन्, मनले मान्दैन्, पुख्र्यौली बिडो थाम्नै प¥यो ।’ कोदोमा गरेको दुखलाई तुलना गर्दा घाटा व्यहोर्नुपरेपनि पुस्ताबाट आएको बाली भनेर लगाउन नछाडेको उनको भनाइ छ । ‘यो त हाम्रो परम्परा हो, यसलाई कहाँ छोड्नु हुन्छ ।’ उनले भनिन् ।
उसो त बगाम तल्लो टोलकी ७९ वर्षकी सुनमाया तामाङले पुर्खाबाट कोदो रोप्ने चलन आइरहेकाले त्यसैलाई निरन्तरता दिइरहेकी छिन् । ‘कोदोबाट केही आयआर्जन हुदैन् घरमा राखेर दायाबाया बनाउने हो,’ उनले भनिन् । तरकारी खेती र अरु बालीको तुलनामा कोदोबाट केही फाइदा नहुने भएपनि परम्पराकै कारण कोदोबाली लगाइरहेको उनले जनाइन् । ‘अघिल्लो वर्षहरुजस्तै अहिले पनि सबैतिर कोदो लगाइएको छ,’ उनले भनिन् ।
तामाङ सम्प्रदायको कर्मक्रिया र पूजामा कोदोबाट बन्ने मदिरा ‘सगुन’ लाई पवित्र मानिन्छ । तामाङ, शेर्पा जातीको चर्चित सुरापान ‘तुम्बा’ कोदोबाटै बन्छ । यसैबाट बन्ने रोटी, ढिडोजस्ता विभिन्न परिकारलाई धार्मिक रुपमा पौष्टिकवर्धक मानिएकाले यसलाई छोड्न नसकिएको स्थानीय सुनाउछन् । ‘जत्तिसुकै दुख होस् कोदो नरोपी चित्त बुझ्दैन् ।’ ७१ वर्ष लागिसकेका सुनबहादुर तामाङले भने । कुनै बेला घुम्थाङको फराकिलो मैदान भनिएको टुडिखेलमा जिल्लाको सदरमुकाम तोकिँदा कोदो उपहार लिएर गएको उनको पुरानो अनुभव छ । ‘त्यसबेला ठुला लामा र हाकिमले कोदोलाई विशेष रुपमा लिन्थ्ये,’उनले भने । तामाङ,शेर्पाका अन्न देवता भुमेको प्रिय बालीमा कोदो पर्ने भएको कारणले पनि यसलाई छोड्न मनले नमानेको उनले बताए ।
बगाम, डाडागाउ, तल्लोटोलदेखि पुरा घुम्थाङका गाउँलेले नै कोदो खेती लगाउने गरेको वडाध्यक्ष मिनबहादुुर श्रेष्ठले बताए । ‘पुस्ताको चिनोझै परम्परा मानेर यहाँको गाउँभर कोदो खेती लगाइन्छ,’ उनले भने । उनकानुसार यहाँको प्रत्येक गाउँमा विभिन्न देविदेवताको पुजा मात्र नभइ पुस्ताको चिनोको रुपमा कोदोलाई लिएर सबैतिर खेती गरिन्छ ।
व्यवसायिक रुपमा नलगाइएको कोदो खेतीलाई परम्परागत रुपमा लगाउने प्रवृत्ती जिल्लाभर रहेको पाइन्छ । अधिकाशं लेकाली भेगमा बसेका तामाङ ,शेर्पा समुदायकाले कोदोलाई परम्परा धान्न भनेर भनेर उब्जनी गरेका छन् ।
गत वर्ष १५ हजार चारसय १० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्े गरेकोमा यस वर्ष १४ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा कोदो लगाइएको तथ्यांक छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार