Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थनेपाली ब्यवसायीको समस्या सुनाउँदै ल्हासाका नवनियुक्त महाबाणिज्यदूतलाई हिमालय सिमापारको बधाई

नेपाली ब्यवसायीको समस्या सुनाउँदै ल्हासाका नवनियुक्त महाबाणिज्यदूतलाई हिमालय सिमापारको बधाई


 

 

काठमाडौं ।

चीनको ल्हासाका लागि महाबाणिज्य दूतमा नियुक्त हुनु भएका नवराज ढकाललाई नेपाल हिमालय सिमापार बाणिज्य संघले बिदाई भेट गरेको छ । नेपाल चीन बीच हुने ब्यपार ब्यवसायमा सहजीकरणका लागि स्थापाना भएको बाणिज्य संघले ब्यपारीको समस्याका बारेमा पनि महाबाणिज्य दूतलाई जानकारी गराएको छ । बाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले ढकाललाई मायाको चिनोसहित शुभकामना ब्यक्त गरेका थिए । महाभुकम्पदेखिनै चीन नेपाल बीच हुने स्थल ब्यापार कोभिडमा आईपुग्दा निक्कै खस्किएको छ । नेपाली ब्यापारिको अरवौं लगानीको सामान चीनतर्फ अझै अड्किएको अवस्था छ । यी बिषयमा नवनियुक्त महाबाणिज्यदूतलाई जानकारी गराईएको थियो । नेपाल र चीनबीच स्थल मार्गबाट ब्यपार ब्यवसाय गर्नेहरुको साझा संस्थाको रुपमा रहेको हिमालय सिमापार बाणिज्य संघले यस बिषयमा लामो समयदेखि आवाज उठाईरहेको अध्यक्ष पौडेललको भनाई छ । नवनियुक्त महाबाणिज्यदूत ढकालले यो समस्या समाधान गर्न सक्दो सहयोग गर्ने बचन दिएका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!