Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थसहज रुपमा नाका खुलाउन माग

सहज रुपमा नाका खुलाउन माग


चौतारा ।
नेपाल चीन बीचको उत्तरी नाका तातोपानीबाट सहज व्यापार गराउन नेपाल चीन उद्योग बाणिज्य संघ सिन्ध्ुपाल्चोक शाखाले माग गरेको छ । झण्डै १० महिनादेखि नाकामा रोकिएका सामग्री सहज रुपमा नेपाल तर्फ भित्र्याउनु पर्ने भन्दै संघले माग गरेको हो ।
चीनमा कन्टेनर बोकेका सामग्री नेपाल नभित्रिदा व्यवसायीहरु मारमा परेको भन्दै संघले सो बारे सरकारले कुटनीतिक पहल नगरेको टिप्पणीसमेत गरेको छ । संघका अध्यक्ष जाङबु शेर्पाले १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहजरुपमा नेपाल भित्रिन नसकेको भन्दै अब ती सामग्री ल्याइनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाल भित्रिनुपर्ने सामग्री नाकाहरुमा अहिले पनि धेरै रोकिएका छन् । चीनले अहिले आवश्यक कन्टेज पठाएको छैन,’ अध्यक्ष जाङबुले सिन्धुखबरसँग भने, ‘तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रिन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनीतिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ ।’
नेपाली व्यवसायीका अरबौंका सामग्री अहिले चीन तर्फमै अड्किएका छन् । दसैं र जाडो लक्षित सामग्री अझै उतै रहेकाले व्यवसायी मारमा रहेका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!