Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठअर्थ…अनि वडाध्यक्षले निर्माणाधिन नाली भत्काए

…अनि वडाध्यक्षले निर्माणाधिन नाली भत्काए


बलेफी ।

बलेफी गाउँपालिका वडा नं. ७ का अध्यक्षले आफ्नो वडामा निर्माण हुँदै गरेको सडकको नाली भत्काएका छन् । वडाअध्यक्ष कार्केल लामाले कमसल सामग्री प्रयोग गरेको भन्दै बन्दै गरेका नालीका ढुंगा, सिमेन्टको घोललगायत सामग्रीहरु निकालिदिएका हुन् ।

स्थानीयसँगै प्राविधिक र सञ्चारकर्मीसहितको टोली भएको समयमा वडाअध्यक्ष लामाले गुणस्तरीय सामग्रीको प्रयोग गर्नुपर्ने भन्दै निर्माणाधिन नाली भत्काएका हुन् । ‘मेरो वडामा यस्तो कमसल सामाग्री प्रयोग र काम हुन दिन्न, अब सच्याएर अगाडि बढ्नु नभए म आवश्यक अन्य प्रक्रियामा उत्रिन्छु,’ यति भन्दै लामाले कमसल सामाग्री प्रयोग गरेर बनाइएको नाली परसम्म पुरै भत्काए । प्राविधिकतर्फ फर्कर्दै ‘तपाईहरुको प्राविधिक निरीक्षण यही हो ?’ भन्दै अध्यक्ष लामाले आक्रोशित हँुदै प्रश्न गरे ।

वडाअध्यक्षले नाली भत्काएपछि प्राविधिकले सडकको कसमल सामग्री प्रयोग गर्दे गरेको कामलाई बीचमैमा रोकिदिन आग्रह गरे । कामदार आफ्नै घरतिर फर्किए ।
बलेफी गाउँपालिका वडा ७ को खाडीचौरबाट चिम्लिङ जोड्ने ८ किलोमिटर सडकखण्डमा कालोपत्रे योजनाअन्र्तगत एक किलोमिटरमा भइरहेको कामप्रति अध्यक्षले आक्रोस पोखेका हुन् । स्थानीय र सबैतिरबाट कालोपत्रे अगावै सुरुवाती काममा कमसल सामाग्री मिसाइएको र प्राविधिक मापदण्ड मिचेर काम गरिएको भन्दै गुनासो आएपछि प्राविधिक, सञ्चारकर्मीको टोलीसहित निर्माणस्थल पुगेको वडाध्यक्ष लामाले जानकारी दिए । ‘यहाँ कमसल काम भएको देखेपछि आफैले भत्काइदिएँ, अब सच्याएर जानलाई सूचना दिइसकेका छौ, अब पनि सुधार भएन भने आवश्यक कार्वाही लिएर अघि बढ्नेछौ ।’ उनले भने ।

महिनादिनअघिदेखि खाडीचौर चिम्लिङ सडकखण्ड कालोपत्रे (८ किलोमिटर) एक करोड ३० लाख बराबरको कामबारे अनुगमनमा जुटिरहेको लामाको भनाइ छ । बलेफी गाउँपालिकाभरका ८ वटा वडामध्ये ७ भर दर्जनौ सडक र भौतिक पूर्वाधारका योजना बनिरहेका छन् । अनुगमनमा पुगेका एक प्राविधिककाअनुसार सिमेन्ट प्राविधिक डिजाइन गरेअनुसार नापज“ाच डोरी टाँगिएको थिएन । नालीको ३० सेन्टमिटर अग्लो ‘टप वाल’ लगाउनुपर्नेमा २४ देखि २६ मात्रै लगाइएको छ । बालुवा निर्माणा सामाग्री,घोल कसमल प्रयोग भएकाले नालाको संरचना कमजोर बनेपछि वडाध्यक्षले भत्काएको ती प्राविधिकले बताए ।

बलेफी गापा ७ स्थित खाडीचौर चिम्लिङ ७ किमी (एक करोड ३० लाख बराबरको) सडकको कालोपत्रेको जिम्मा लिएको ठेकेदार त्रिवेणी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीका संञ्चालक प्रताप लामाले सडकको निर्माणमा केही कसमल काम भएको भन्दै स्वीकारे । ‘त्यो केही प्राविधिक समस्याले गर्दा त्यस्तो भएको हो, हामीले सुधार गरेर अगाडी बढिसकेका छौ, यसमा भएका कमिकमजोरी प्राविधिक इस्टमेटअनुरुप लादैछौ,’ठेकेदार लामाले भने ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!