गृहपृष्ठ ∕ अर्थ ∕ हेलम्बुमा स्याउसहित हिउँदे फलफूलका विरुवामा अनुदान हेलम्बुमा स्याउसहित हिउँदे फलफूलका विरुवामा अनुदान Sindhu Khabar कात्तिक २२, २०७७ गते १६:३३ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा उत्पादन हुने हिउँदे फलफूलका विरुवामा किसानलाई अनुदान दिने भएको छ । लामो समयदेखि खेती छाडेर फेरि हेलम्बुलाई स्याउकाृ गाउँ बनाउन कस्सिएका किसानलाई स्याउसहित अन्य फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिन लागिएको हो । गाउँपालिकाले इटालियन स्याउसहित जापानिज नास्पाति, ओखर, किवीका विरुवामा ५० प्रतिशत छुट गरि वितरण गर्न लागेको हो । गाउँपालिकाले वितरण गर्न लागेको स्याउको विरुवाको एकहजार एक सय ७०, नास्पातिको दुई सय २०, ओखरको ६ सय ५० र किवीको एक सय रुपैयाँ बजार भाउ छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार यी फलफूलको विरुवाको बजार भाउमध्ये आधा किसानले व्यहोर्ने र आधा गाउँपालिकाले अनुदान प्रद्यान गर्नेछ । यसका लागि गाउँपालिकाभित्र रहेका कृषक कृषि समूह, व्यवसायायिक कृषि फर्म, कृषि सहकारीलाई मंसिर ११ गतेभित्र कार्यालयले तोकेको आवश्यक जागजातसहित सम्पर्क गर्न गाउापालिकाले अनुरोध गरेको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे