सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठअर्थभित्रिदैं चीनमा अड्किएका सामग्री

भित्रिदैं चीनमा अड्किएका सामग्री


तातोपानी ।

तातोपानी नाका बन्द भएपछि चीनमा रोकिएका सामग्री भित्रिन थालेका छन् । पुनः नाका सञ्चालनमा आएसँगै चीनमा अलपत्र परेका व्यापारिक सामाग्री दुई महिनाभित्र ल्याइसक्ने लक्ष्य राख्दै तातोपानी नाकाबाट धमाधम चिनिया ठूला कन्टेनर भित्रन थालेका छन् ।

बुधवार ‘आइसोलेट एरिया’सहित सम्पूर्ण तैयार सकेर संञ्चालनमा ल्याइएको तातोपानी नाकाबाट फलफूल र मेडिकलजस्ता सामाग्री भित्राइएका हुन् । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीकाअनुसार दुई महिनाभित्रै चीन क्षेत्रमा अलपत्र परेका सबै प्रकारका व्यापारिक सामाग्री भित्राउने लक्ष्यकासाथ स्थानीय प्रशासन ( नेलाम काउन्टी ) सक्रिय देखिएको छ ।
‘दुई महिनाभित्र चीनमा अलपत्र परेका व्यापारीक सामाग्री तातोपानी आइसक्नेछन्, त्यही शर्तलाई मानेर चीन र नेपाल पक्षको सम्पूर्ण टिम खटिरहेको छ,’उनले भने ।
यसअघि भुकम्प,भोटेकोशी बाढीले क्षति पु¥याएयता खासाभन्दा करिब ३५ किलोमिटर माथि रहेको ‘क्यानोन कु’ ताल फुट्ने संम्भावना भएकोले तातोपानीबाट कारोबार नर्गन भन्दै आफ्ना नागरिकलाई आन्तरिक सूचना जारी गरेपछि नाका बन्द ग¥यो । नाका बन्द भएपछि चीनको खासा र न्यालमक्षेत्रमा थन्किएका डेढसय कन्टेनरका रेडिमेड सामाग्री दशैअघि राजधानी पु¥याउने लक्ष्य राखेर नाका खोलियो ।

भन्सारमा कार्यरत ३ मजदुरको चीनको स्वाब परीक्षणमा पिसिआर कोरोना पुष्टि भएपछि तातोपानी नाका खोलेको भोलिपल्टै बन्द गरिएपछि व्यापारीक सामाग्री चीनमै अलपत्र थियो । चीनको न्यालम,सिगात्सेदेखि खास जस्ता सबै बजार इलाकामा अलपत्र परेका डेढसय कन्टेनर व्यापारीक सामाग्री अब क्रमशः चिनिया कन्टेनरबाट ल्याइन थालिएको उनले बताए । ‘नाका खुलेकै भोलिपल्ट दुई वटा कन्टेनरमा स्याउ थिए,पछिल्लो ७ कन्टेनरमा अन्य कपडाजस्ता सामाग्री छन्,’ उनले भने ।
भोटेकोशी गाउँपालिका वडा २,तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रभित्रको दुई किलोमिटर सडकमा दाया र बाया चिनिया र नेपाली कन्टेनरको लागि रातो र पहेलो रंगले मार्क गरिएको छ । यार्डमा चिनियालाई रातो मार्क र मजदुर र कामदारलाई पहेलो मार्क लगाएर ५ मिटरको दुरी कायम गर्दै क्षेत्र तोकिएको छ । आइसोलेट क्षेत्रभित्रकै पुराना भवनमा ग्रेड बेड क्वारेन्टाइन र यार्ड आइसोलेशनको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!