Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठअर्थखुल्योे तातोपानी नाका, बिहिवारबाट तिहार लक्षित सामाग्री आउने

खुल्योे तातोपानी नाका, बिहिवारबाट तिहार लक्षित सामाग्री आउने


बाह्रबिसे । करिब तीन महिनापछि खुलेर बन्द भएको तातोपानी नाका बुधवार ‘आइसोलेट एरिया’सहित सम्पूर्ण तयारी सकेर संञ्चालनमा ल्याइएको छ । चीन र नेपाल बोर्डर न्यू मोडालिटीअनुरुप सिन्धुपाल्चोकबाट चीन जोड्ने उत्तरी तातोपानी नाकालाई खुलाइएको हो ।

भोटेकोशी गाउँपालिका वडा २, तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रभित्र ग्रेड बेड क्वारेन्टिन राखेर तातोपानी नाका खुलेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘यसअघि धेरै पटक अनेक कारणले नाका खुल्ने र बन्द भयो, अब नाका बन्द हुने कुनै समस्या उत्पन्न हुन नदिन नयाँ मोडालिटी अपनाएका छौ,’उनले भने ।

बुधवार चीन पक्षका उच्च अधिकारीसहित भन्सार, सुरक्षाका पाँच जनाको टोलीले आइसोलेट क्षेत्रलाई अनुगमन गरे । ल्हासाबाट दुई सवारीमा आएका अधिकारीले कसरी कहा सामाग्री राखिने भन्नेबारे सम्पूर्ण विवरण लिएर गए । कोभिड १९ फैलिन नदिन अपनाइएको सर्तकता र मोडालिटीप्रति चीन पक्षलाई चित्त बुझेको फोनमार्फत जानकारी पाएको उनले सुनाए ।

नाका खुलाउन सहमत भएको र उच्च सर्तकताको लागि चीनको टोलीले मितेरी पुलबाट फोनमार्फत आग्रह गरेका थिए । नाका बुधवारबाटै सबै तैयारी सकाइएकोले बिहिबारबाट कन्टेनरमार्फत नयाँ मोडालिटीअनुसार सामाग्री तातोपानी भित्रिने खत्रीले उल्लेख गरे । ‘नाकाबाट आएका सामाग्रीलाई आइसोलेट क्षेत्रमा नयाँ मोडालिटीअनुसार भित्राउनेछौ, आहिले केही कन्टेनर र सामाग्री पुल पारी बसेको छ, ’उनले भने ।

तातोपानी क्षेत्रमा नाकामा उच्च सर्तकता अपनाएर र व्यवस्थित बनाउन आइसोलेट यार्ड छुट्याएर राखिएको जसमा रातो र पहेलो रंगले निश्चित दुरी बनाएर क्षेत्र तोकिएको छ । यार्डमा चिनियालाई रातो मार्क र मजदुर र कामदारलाई पहेलो मार्क लगाएर ५ मिटरको दुरी कायम गर्दै क्षेत्र तोकिएको छ । कन्टेनर र कामदारलाई सहज बनाउनको लागि २४ जनाको चार वटा ग्रेडमा बेड छुट्याएर क्वारेन्टाइनमा राखिएको प्रमुख खत्रीको भनाइ छ ।

२० जनाको पिसिआर परीक्षण गरेर कामदार मजदुरको एकदमै कम संख्याको सानो समुह बनाइएको छ । सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ पति सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार तातोपानी नाकामा अनुमति पाएकाबाहेक अन्यलाई प्रतिबन्ध नै लगाइएको छ । यसअघि सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कंन्ट्रयाक ट्रेसिङ’ र उपचार नसकिँदै ३ जनामा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका बन्द भएको थियो ।

‘अहिले एकदमै कडाइ गरिएको छ, आइसोलेट क्षेत्रमा ‘अथराइजड पर्सन ’मात्रै आउन पाउनेछन्, जसले पिपई ,माक्स ,पन्जा र यहाँ तोकिएको अलग्गै रातो आइसोलेट कपडा लगाउनुपर्नेछ,’उनले भने । नाकाको नेपाल चाइना बोर्डर मितेरी पुलअघि आइसोलेट क्षेत्र र मितेरी पुलमा गरी दुई वटा ठुलो बार गेट लगाइएको छ । त्यहाँ पिपई नलगाएको कसैलाई आउजाउ गर्न नदिइ बिओपी र सीमा प्रहरी चौकी कोदारी सुरक्षा कडा चौगुना गरिएको सीमास्थित प्रहरी चौकी कोदारीका प्रहरी निरीक्षक नवराज सापकोटाले बताए ।

तातोपानी नाका खुल्ने र बन्द हुने जात्रा

चीन जोड्ने सीमाक्षेत्र तातोपानी नाका आहिलेसम्म आधा दर्जन पटक खुल्ने र बन्द हुने हुदा सीमाबासी त्रसित छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसकै डरमा नाकाप्रति सचेत हुन सीमागाउँका बासिन्दाले जनप्रतिनिधि,प्रशासन,भन्सार,सुरक्षालाई गुहारेका छन् । नाका खुल्ने र बन्द हुने धेरै पटक क्रम हुँदा सीमाबासीले जनप्रतिनिधिलाई जनताले प्रश्न गरिरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘उच्च सर्तकता अपनाएर सुरक्षा अनभुतीबीच तातोपानी नाका खोलियोस् भन्ने हो, तर यसबारे गंम्भिरता नदेखिएको जनगुनासो आउन थालेको छ,’उनले भने ।

‘आइसोलेट एरिया’मा खोलियो तातोपानी नाका

सिन्धुपाल्चोकबाट चीन जोड्ने उत्तरी तातोपानी नाका भोटेकोशी गाउँपालिका वडा २, लिपिक्षेत्रमा तोकिएको ‘आइसोलेट क्षेत्र’ मा लगाइएको बार गेट र रातो पहेलो रंग र पारी देखिने चीनको क्षेत्र । नाका बुधवारबाटै सबै तैयारी सकाइएकोले बिहिबारबाट कन्टेनरमार्फत नयाँ मोडालिटीअनुसार सामाग्री तातोपानी भित्रिनेछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस