Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठअर्थउद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका श्रेष्ठको उमेदवारी

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका श्रेष्ठको उमेदवारी


चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कमल कुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उमेदवारी भएका छन् । श्रेष्ठ महासंघको ५४ औं वार्षिक सभामा खुल्ला केन्द्रीय सदस्यको उमेदवारी भएका हुन् ।

महासंघको विधान अनुसार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको तर्फबाट आज खुल्ला केन्दीय सदस्यको लागि उनले उमेदवारी दर्ता गराएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए ।

उमेदवारी दर्ताका लागि संघका अध्यक्ष श्रेष्ठ र महासचिव यादव दाहाल महासंघको कार्यालय टेकु पुगेका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यसमितिले निर्णय गरेर कमल कुमारलाई केन्द्रीय सदस्यका लागि साझा उमेद्वार बनाएको थियो । महासंघको अधिवेशन मंसिरको ११ देखि १३ गतेसम्म हुने भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस