Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठअर्थबाह्रबिसेको शुभप्रभात अब आफ्नै चिटिक्कको भवनमा

बाह्रबिसेको शुभप्रभात अब आफ्नै चिटिक्कको भवनमा


बाह्रबिसे । जिल्लाकै अब्बल नमुना सहकारीमा अग्रिण शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै चिटिक्क परेको नयाँ भवनमा सरेको छ । जिल्लामा पहिलो पटक बाह्रबिसे बजारस्थित शुभप्रभात सहकारीले आफ्नै भवनमा सर्दै एउटा उदाहरण कायम गरेको छ । चार हजारभन्दा बढी सदस्य रहेको शुभप्रभात बचत तथा ऋण सहकारीले बाह्रबिसे नगर राम्चेक्षेत्रमा ५३ लाखको जग्गा खरिद गरि भवन निर्माण सुरु गरेको थियो ।

एक करोड ७५ लाखको लगानीमा ठड्याइएको चिटिक्क अत्याधुनिक भवन शनिवार नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित शुभप्रभात बचत तथा ऋण सहकारी परिवारले भवनको गेटमै रिबन काटेर उदघाट्न गरे । जिल्लाभर मध्येकै आर्कषक र नमुना भवन बनाएको शुभप्रभात बचत तथा ऋण सहकारीका संञ्चालक समितिका अध्यक्ष उद्धवबहादुर तिवारीले अतिथि गणलाई हिन्दु परम्पराअनुरुप आदर प्रकट गर्दै पुरोहितद्वारा स्वस्ती पाठ गर्दै आमन्त्रण गरे ।

जिल्लाभर कुनै सहकारीले यत्तिको भवन नबनाइसकेको र शुभप्रभातले ठुलो फड्को मारेकोमा नेफस्कुन्का उपाध्यक्ष ढकालले निर्माण सम्पन्न गर्ने संञ्चालक समितिको सम्पूर्ण परिवारलाई धन्यवाद र शुभकामना दिए । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन निश्चित दुरी कायम गरेर गरिएको भवन उदघाट्न समारोहमा विभिन्न सहकारी विज्ञ, प्रतिनिधिदेखि अनेक व्यक्तित्वको उपस्थिती रहेको शुभप्रभात सहकारीका संञ्चालक समितिका अध्यक्ष तिवारीले जानकारी दिए ।

‘अब शुभप्रभातले आफ्नै भवनमा बसेर सेवा दिनेछ, यो भवनको माख्लोदेखि तल्लो भित्रि भाग सबै अत्याधुनिक प्रविधिलाई समेटेर बनाइएको छ, यहाँको डिजाइन एकदमै ‘युनिक स्टाइल’को बनाएका छौ, भवन बनाउन सघाउने सबैलाई धन्यवाद छ,’ तिवारीले भने । २०६५ साल असार १ गते स्थापना भएको शुभप्रभात सहकारीले ८२ जना सदस्यबाट मासिक दुई हजार स्रोत संकलन गरेर सुरुवात गरेको थियो ।

२०६५ बाट आर्थिक वर्ष ७६/०७७ अन्त्यसम्म आइपुग्दा ४३ करोड पँजी संकलन गरिसकेको शुभप्रभात सहकारीले छुट्टै उचाइ चुमिसकेको शुभप्रभात सहकारीका संञ्चालक समितिका सचिव रहेका दिल्लीप्रसाद तिमल्सिनाको कथन छ । ‘सहकारी अन्य सामाजिक काममा पनि सक्रिय रुपमा खटिरहेको छ, भवन बनिसकेपछि यसमा झनै तिव्रता आउनेछ, ’उनले भने । शुभप्रभात सहकारीका प्रबन्धक सुरेन्द्र तिवारीकाअनुसार बाह्रबिसे नगर, भोटेकोशी गापा, त्रिपुरासुन्दरी गापा र बलेफी गापा कार्यक्षेत्र रहेको शुभप्रभातले ३१ करोडभन्दा बढी कारोबार गरिरहेको छ ।

शुभप्रभातले कृषि, व्यापार, हायरपर्चेज, पुनर्निर्माणजस्ता क्षेत्रमा आवश्यक कर्जा प्रवाह गरिरहेको छ । शुभप्रभातले साकोसअन्र्तगत विपन्न जेहेन्दार विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग पु¥याउँदै आइरहेको छ । बाह्रबिसे नगरपालिकाका प्रमुख निफुन्जो शेर्पाले सहकारीकोे भवनको विधिवत शिलान्यास गरेका थिए । निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुभप्रभात सहकारीमा गाभिएको थियो ।

सदस्यदेखि अध्यक्षसम्म भएर सेवा गर्न पाए
उद्धवबहादुर तिवारी
-(शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड)

जिल्लाभर पहिलो पटक सहकारीले आफ्नै भवन ठड्याइरहँदा शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड संञ्चालक समितिका अध्यक्ष उद्धबबहादुर तिवारी खुबै भावुक देखिन्थ्ये । २०६५ साल असार १ गते स्थापना भएको शुभप्रभात सहकारीले ८२ जना सदस्यबाट मासिक दुई हजार स्रोत संकलन गरेर सुरुवात गर्दा उनीसहित धेरै अभियन्ता एक भए ।

त्यतिखेर उनी सामान्य सदस्य थिए, सदस्यबाट सिडीपिच्छै चढ्दै कोषाध्यक्ष, सहसचिव, सचिव हुदै अध्यक्ष भएका उनले आफ्नो कार्याकालमा निभाएको कामले प्रशंसा पाएको छ । सबै सहकारी परिवारसँग जुटेर आफ्नै अगुवाइमा दिनरात खटेर उनले सुविधाजनक भवन जिम्मा लगाएका छन् । ‘त्यतिखेरदेखि आहिलेसम्म आइपुग्दा सहकारीको अभियन्ता हुँ भन्दा गर्व लाग्छ, शुभप्रभातले भवन पाएको छ, सदस्यदेखि अध्यक्ष भएर सहकारीको सेवा गर्न पाए,एकदमै हर्षित छु,’उनले भने ।

२०६५ बाट आर्थिक वर्ष ७६/०७७ अन्त्यसम्म आइपुग्दा शुभप्रभातले ४३ करोड पुजी संकलन गरिसकेको छ । यसअघि तत्कालिन कार्यकालअनुसार संस्थापक अध्यक्ष निर्मल पौडेल,अध्यक्ष शम्भुबहादुर तिमिल्सना, कृष्णबहादुर कार्की र शिवकुमार राउतको अगुवाइमा संञ्चालक समिति चलेको थियो ।

 

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस