Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठअर्थ६९ लाख लागतमा इन्द्रावतीमा कृषि संकलन तथा प्रशोधन केन्द्र बन्ने

६९ लाख लागतमा इन्द्रावतीमा कृषि संकलन तथा प्रशोधन केन्द्र बन्ने


चौतारा । इन्द्रावती सामुदायिक कृषि संकलन, प्रशोधन तथा व्यावसायिक केन्द्रको शिलान्यास गरिएको छ । इन्द्रावती ४ नवलपुरमा निर्मित केन्द्रको गाउँपालिकाका अध्यक्ष वंशलाल मोक्तानले आज शिलान्यास गरेका हुन् ।

इन्द्रावती गाउँपालिका, स्थानीय र थाइल्ल्याण्ड सरकारको आर्थिक सहयोगमा पूर्वाधार तथा जिविकोपार्जन पूनःस्थापना कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा केन्द्रको निर्माण हुन लागेको हो । आज शिलान्यास गरिएको केन्द्र दुई महिनामा निर्माण हुने छ । ६९ लाख २ हजार १ सय ६१ रुपैयाँ कुल लागतमा केन्द्र बन्ने भएको छ ।

यसमा इन्द्रावती गाउँपालिकाको ३० लाख ३३ हजार ४०४, थाइल्याण्ड सरकारबाट २८ लाख ३३ हजार ४३२ र स्थानीयबाट १० लाख ३५ हजार ३२४ लगानी रहेको छ । यसबाट ३५ सय घरधुरी लाभान्वित हुने भएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार