Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठअर्थश्रेष्ठले गरे माता पिताको नाममा पत्रकारिता पूरस्कारको घोषणा

श्रेष्ठले गरे माता पिताको नाममा पत्रकारिता पूरस्कारको घोषणा


चौतारा । नेपाली काँग्रेसका संचार तथा प्रचार विभाग केन्द्रीय सदस्य तथा काँग्रेस महासमिति सदस्य सागर कुमार श्रेष्ठले २५ हजार राशिको पुरस्कारको घोषणा गरेका छन् । श्रेष्ठले बिहीबार आफ्नो जन्मदिनको उपलक्ष्यमा स्वर्गीय बुबा सुरेन्द्र कुमार श्रेष्ठ र आमा कमला श्रेष्ठको नाममा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा पुरस्कारको घोषणा गरेका हुन् ।

उनले जिल्लामा क्रियाशील पत्रकारहरुमध्येबाट छानेर एकजनालाई सो पुरस्कार दिने बताए । नियमित रुपमा वर्षेनी पुरस्कार दिने र वर्षैपिच्छे पुरस्कार राशिको रकम बढाउने पनि उनले जानकारी दिए । श्रेष्ठले विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस