गृहपृष्ठ ∕ अर्थ ∕ सिन्धुमा स्वास्थ्य मापदण्ड बिपरीत गर्नेलाई कारवाही, एकैदिन ६२ हजार बढी राजश्व संकलन सिन्धुमा स्वास्थ्य मापदण्ड बिपरीत गर्नेलाई कारवाही, एकैदिन ६२ हजार बढी राजश्व संकलन सिन्धु खबर असोज २५, २०७७ गते २०:०५ मा प्रकाशित चौतारा । कोरोना कहरका बीचमा जिल्लामा चल्ने सार्वजनिक र निजि सवारी साधनमा प्रहरीले अनुगमन गरी गरेको कारवाहीबाट एकैदिन ६२ हजार बढी राजश्व संकलन भएको छ । तोकिएभन्दा बढी यात्रु राखेर यात्रा गर्ने, ट्राफिक नियम उल्लघंन गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका सवारी साधन र माक्स नलगाई हिडडुल गर्ने मानिसलाई प्रहरीले गरेको कारवाहीमा एकैदिन ६२ हजार १ सय राजश्व संकलन गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शनिबार जिल्लाका विभिन्न स्थानमा चल्ने ७६ सवारी साधनलाई कारवाही गरेको प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए । प्रहरीले बढी यात्रु राख्ने साना १ र ठूला ९ सवारीसाधन, ट्राफिक नियम उल्लघंन गर्ने ठूला साना ६६ वटा सवारी साधनलार्ई कारवाही गरेको छ । त्यसैगरी प्रहरीले एक जना माक्स नलगाइ हिड्ने व्यक्लिाई पनि कारवाही गरेको छ । सरकारले माक्स नलगाइ हिडडुल गर्नेलाई १ सय रुपैयाँ जरिवाना लिने कानुन बनाएको छ । त्यसैगरी माक्स नलगाई तथा सामाजिक दुरी कायम नराखी हिडडुल गर्ने तथा सवारी साधनमा यात्रा गर्ने महिला र पुरुष गरी ८ सय ३० जनालाई सम्झाइ बुझाइ पठाएको प्रहरीले जनाएको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो