गृहपृष्ठ ∕ अर्थ ∕ हेलम्बु बोल्दे पहिरोको जोखिममा रहेकालाई सिन्धु काँग्रेसको तीन लाख सहयोग हेलम्बु बोल्दे पहिरोको जोखिममा रहेकालाई सिन्धु काँग्रेसको तीन लाख सहयोग सिन्धु खबर असोज २५, २०७७ गते ८:२० मा प्रकाशित चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकले बोल्दे पहिरो पीडितलाई तीन लाख नगद सहयोग गरेको छ । काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले हेलम्बु ५ का ६० परिवारलाई पाँच हजारको दरले नगद सहयोग गरेको काँग्रेसका प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयो । शनिबार काँग्रेस सभापति विकास लामा सहितको टोली नगद राहत वितरणका लागि बोल्दे पुगेको थियो । काठमाडौं चावहिलका समाजसेवी राजेन्द्र बहादुर गोर्खालीले पार्टीलाई गरेको आर्थिक सहयोगबाट बोल्दे पहिरोको जोखिमबाट पीडित बनेका नागरिकहरुलाई सहयोग गरिएको प्रदेश सभा सदस्य लामाले बताउनुभयो । गोर्खालीले सिन्धुपाल्चोकमा बनिरहेको नेपाली कााग्रेसको भवन निर्माणका लागि यसअघि १० लाख सहयोग गरेका थिए । राहत वितरणका लागि सभापति लामा, प्रदेश सभा सदस्य लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल मोक्तान, समाजसेवी गोर्खाली जिल्ला सदस्य उदब बानिय, भुवन घोरासैनी, सञ्चमान तामाङ हेलम्बु गाउँपालिका सभापति बिजयसिङ तामाङ, क्षेत्रीय कोषध्यक्ष निल ब खड्का, हेलम्बु ४ र ५ नम्बर वडाका सभापतिद्वय साइला तामाङ र भरत कार्की, वडाअध्यक्षद्वय हर्कबहादुर तामाङ र खेतनाथ घिमिरे, नेविसंघ जिल्ला सभापति दावा ग्याल्बु लामा, विद्यार्थी नेता दिपेश खनाललगायत बोल्दे पुगेका थिए । यसअघि पनि काँग्रेसले खाद्यान्नसहित लताकपडा वितरण गरेको थियो । र क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे