Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठअर्थपहिरोपीडितलाई राहत नपाउने शंका

पहिरोपीडितलाई राहत नपाउने शंका


बाँसखर्क । ३९ जनाको ज्यान जाने गरि सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्चेस्थित लिदिका पहिरो पीडितका लागि संकलित नगद आफूहरुले नपाउनेमा शंका गरेका छन् । विभिन्न दाताहरुले दिएका सहयोग स्थानीय तहले बैंकमा रकम जम्मा गरेकै कारण पीडितहरुमाराहत नपाइने चिन्ता बढेको हो ।

सात वर्षअघि जुरेपहिरो पीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ अहिलेसम्म पीडितले नपाएपछि त्यही उदाहरण दोहोरिन सक्ने सम्भावना भएकाले लिदी पहिरोपीडित परिवारमा शंका उब्जिएको छ । जुरे पीडितका लागि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले राहतमा एकद्धार प्रणाली लागू गर्ने भन्दै बैंकमा खाता स्थापना गरिएको थियो । अहिले उस्तै प्रकृतिको खाता लिदी पहिरोपीडितका लागि दाताहरुले गरेको सहयोगको रकममा लागि स्थापना भएकाले थप शंका उब्जिएको पीडीतहरु बताउँछन् ।

जुरे र लिदी पहिरो सानो या ठूलो भएपनि मानवीय क्षतिमा सर्वसाधारणले विपतमा देखाउने सहानुभूति समान छन् । सात वर्षअघि सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा जुरेका पहिरो पीडितका नाममा संकलित नगद नपाउँदा जुरेबासी जस्तै फेरि पनि आफूहरुको नाममा संकलित राहत नपाइने पो हो कि भन्ने लागेर लिदीका पहिरो पीडित ढुक्क हुन नसकेको पीडित सम्झना तामाङले बताइन् ।

पहिरो पीडित परिवारलाई देशभित्रका सहयोगी भावना राख्ने नागारिकले मात्र नभइ, विदेशमा पसिना चुहाइरहेका गैरआवासिय नेपाली, नेपाल तामाङ घेदुङ, विभिन्न राजनीतिक दललगायत विभिन्न संस्थाले सहयोग गर्दै आएका छन् । विदेशी भूमिमा बसेर श्रमका लागि पाखुरा खियाउँदै आएका गैरआवासीय नेपालीले आफ्नो छाक काटेर पहिरो पीडितलाई दुखमा सहयोग उपलब्ध गराएका छन् ।

जुरे पहिरो पीडितका नाममा संकलित रकम अन्यत्र कतै खर्च नभए पनि पीडितका नामका कहाँबाट कति कति रकम संकलन भयो भन्ने जानकारी पीडित परिवारलाई गराइएन । यसपाली पनि लिदी पहिरो पीडितका लागि गाउँपालिकाले स्थापना गरेको खातामा पैसा छ । करिब सवा करोडको हाराहारीमा रुपैयाँ पीडितलाई विभिन्न संघसंस्थाले विस्थापित स्थलमै पुगेर दिएका छन् । विगतको कमजोरीबाट पाठ सिकेर लिदी पहिरो पीडितप्रति कमजोरी र अन्याय नगर्ने दाबी जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले गरेकी छन् ।

सिन्धुपाल्चोक मात्र होइन,नेपालका सवै पहाडी क्षेत्रमा वर्षैपिच्छे बाढी र पहिरोबाटजनधनको क्षति भइरहेको छ । तर यस्तो प्रकोप न्युनीकरण गर्न सरकारले निश्चित योजना अहिलेसम्म बनाएको छैन । बाढी पहिरोबाट वर्षैपिच्छे हुने जनधनको क्षति कम गर्नेतर्फ दीर्घकालीन सरकारी योजना आवश्यक देखिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस