Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठअर्थइन्द्रावतीमा पशु बिमा कार्यक्रम सुरू

इन्द्रावतीमा पशु बिमा कार्यक्रम सुरू


नवलपुर । इन्द्रावती गाँउपालिकामा रहेका व्यावसायिक कृषकहरुलाई प्रोत्साहित हुने गरि पशु धन बिमा कार्यक्रम सुरू गरिएकाे छ । कृषकहरूलाई थप व्यवसायिक बनाउन गाउँपालिकाले यस्ताे कार्यक्रम सुरूअात गरेकाे हाे ।
बिमा ऐन २०४९ बमोजिम कारोबार गर्न इजाजत प्राप्त संस्थासंग ईन्द्रावतीभरका कृषकले पालेका पशु चाैपायाकाे बिमा गरिनेछ । बिमा शुल्क दर, बिमाका शर्तहरु बिमा समितीको निर्देशिका तथा परिपत्र बमोजिम हुनेगरी सम्झौता गरिएकाे गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
गाँउपालिका भित्र पशु धन बिमा गर्न इच्छुक पशुधनीहरुले गाँउपालिकाले पशुधन बिमा गर्न सम्झौता गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत पशु चौपायाको बिमा गर्न सकिने छ ।
यसरी बिमा गर्दा बिमाशुल्कमा अनुदानको व्यवस्था पछि हुन आउने ५० प्रतिशत रकम गाँउपालिकाले अनुदानको रुपमा उपलब्ध गराउने अध्यक्ष तामाङ काे भनाई छ । बाँकी ५० प्रतिशत भने सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ ।
पशु बिमा कार्यक्रमको लागि इन्द्रातवी गाँउपालिकाले चालु आर्थिक बर्ष २०७७/७८ मा १० लाख ५० हजार रुपैंया रकम विनियोजन गरेको छ । गाँउपालिका भित्र चालु आर्थिक बर्षमा करिव १५ सय वटा गाई, भैंसी लगाएतका ठुला पशुहरु र ३५ सय वटा बाख्रा लगाएतका साना पशु चौपायहरुको बिमा गर्न सकिने गाँउपालीकाले बताएको छ । यस बिमा कार्यक्रमबाट गाँउपालिकाभित्र करीव १७ करोड बराबरको पशुधनको विपदबाट हुन आउने क्षतिको शुरक्षण हुने गाँउपालीकाले अनुमान गरेको छ ।
गाँउपालिकाभित्र पशुधनको बिमा गराउन चाहने इच्छुक पशुधनी पहिचान गर्ने, बिमा सम्झौता गर्ने, पशुहरुको कानमा ट्याग लगाउने लगाएतका काममा गाँउपालिकाका प्राविधिकहरुले पशुधनीलाई सहयोग गर्नेछन् ।
विश्व पशु दिवसको अवसरमा गाँउपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा पालिकाको वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरुले गाँउपालीकाले सुरु गरेको कामले पशुपालन कार्यमा थप हौसला थपेको बताएका छन् ।
इन्द्रावती गाँउपालीका कृषि उपज उत्पादनमा प्रचुर सम्भावना भएकाले बिमा कार्यक्रमले व्यावसायीक रुपमा कृषि कर्म गरीरहेका र पशुपालनमा रहेका किसानहरुलाई ढुक्क हुने वातावरण सृजना भएकाले कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याई जीवनस्तर सुधार गर्दै लैजान मद्धत पुग्ने अध्यक्ष तामाङ बताउँछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस