गृहपृष्ठ ∕ अर्थ ∕ तातोपानी नाकाबाट आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ भित्रिए तातोपानी नाकाबाट आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ भित्रिए सिन्धु खबर असोज १८, २०७७ गते १६:२० मा प्रकाशित तातोपानी । ढेड महिनादेखि बन्द भएको तातोपानी नाकाबाट चीनियाँ सामग्री आउन सुरु गरेको छ । गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आजबाट चिनियाँ सामग्री आउन सुरु गरेको हो । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन् । भरे सम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने खत्रीले बताए । भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं पठाइनेछ । कोरोना भाइरसको संक्रमण नहोस भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड अनलोड गर्न तयारी अवस्थामा राखेको छ । ती चालक र मजदुरको ५/५ दिनमा कोरोना परीक्षण गरिनेछ । लामो समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको कारोबार ठप्प भएको थियो । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे